+
+

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज २७ गते १५:३५

२७ असोज, काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ मा साहलाई समर्थन गर्ने निर्णय भएको छ ।

सत्ता गठबन्धनको भागबण्डामा रौतहट ३ ओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ,’ नेता पुनले अनलाइनखबरसँग भने ।

नेताहरुका अनुसार माओवादी केन्द्रले प्रभु साहलाई माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्नसमेत आग्रह गरेको थियो । जवाफमा साहले आफू स्वतन्त्र नै चुनाव लड्ने बताएका थिए । तर, भविष्यलाई समेत ख्याल गरेर सहयोग गर्न साहले माओवादी नेतृत्वलाई आग्रह गरेका थिए ।

प्रभु साहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको सन्दर्भमा भने सत्तागठबन्धन मौन छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते भएको थियो । सोही दिन एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । साहकै आग्रहमा रौतहटसहित मधेश प्रदेशमा अन्य नेताहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

साह माओवादी पृष्ठभूमिकै नेता हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि साह एमाले अध्यक्ष केपी ओलीको पक्षमा खुलेका थिए । नेकपाको निरन्तरता भन्दै एमालेमा रहँदा साहसहित माओवादीका अन्य चार जना नेताले सांसद पदसमेत गुमाउनु परेको थियो ।

आफूहरुले केपी ओलीलाई संकटमा साथ दिएको भए पनि त्यस अनुसार व्यवहार नभएको भन्दै साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?