+
+

बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश बाँड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १३:५०

३० असोज, काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैंठकले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत गरी १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी वापतको मुद्दा जितेर रकम प्राप्त गरेको बैंकले उक्त रकम पनि लाभांशको रुपमा वितरण गरेको छ । जसले गर्दा बैंकको अपरिष्कृत वित्तीय विवरण भन्दा लाभांश बढी प्रस्ताव भएको हो ।

ग्लोबल आईएमई बैंकसँग मर्जर प्रक्रियामा रहेको बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?