+
+

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १८:५०

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ । सोमबार महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उनीसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि बढाइरहेका छौं,’ कार्यक्रमका बारेमा उपप्रमुख डंगोलले भनिन्, ‘विद्यार्थीहरुले पाएको सीप र ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुनेछ । विद्यार्थी सूचनाका संवाहक हुन् । उनीहरुबाट छिटै परिवर्तन ल्याउन सकिन्छ ।’

‘विद्यालयहरुमा सञ्चालन गरिने यसप्रकारको सचेतना कार्यक्रमबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव देखिनेछन्,’ चौधरीले भनिन् , ‘महानगरसँग नतिजामुलक सहकार्यको थालनी भएको छ ।’

सचेतना कार्यक्रमको पहिलो चरणमा सामुदायिक विद्यालयहरुमा कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार प्रार्थाना हुने समयमा सबैका लागि पहिलो कक्षा चलाइनेछ । त्यसपछि रुचि र उमेरका आधारमा ठूला कक्षाका विद्यार्थीलाई ट्राफिक स्वंसेवक सम्बन्धी शिक्षा र ज्ञान दिइनेछ । यसरी सैद्धान्तिक कक्षा लिइसकेका विद्यार्थीहरुलाई स्वयमसेवकका रुपमा सडकमा प्रयोगात्मक सीप सिकाइनेछ ।

सामुदायिक विद्यालयबाट सुरु भएको कार्यक्रम संस्थागत विद्यालयहरुमा विस्तार गरिने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?