+
+

काठमाडौं-९ मा एमाले र स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:५३

५ मंसिर, काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त क्षेत्रमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ १ हजार ७४९ मतसहित पहिलो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १ हजार ६७३ मतसहित दोस्रो स्थानमा छन् ।

पोखरेलभन्दा श्रेष्ठ ७६ मतले अगाडि छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ९१६ मतसहित तेस्रो स्थानमा छिन् भने राप्रपाका देवेन्द्र प्रधान ३५१ मतसहित चौथो स्थानमा छन् ।

साझा पार्टीका मिलन पाण्डे भने २८९ मतसहित पाँचौ स्थानमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?