+
+

मल्टिप्लेक्स फिल्म हलमा विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १४:३१

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल नेपालका मल्टिप्लेक्स हलमा पनि देखाउने तयारी भएको छ ।

यतिबेला केही मल्टिप्लेक्स फ्रेन्चाइजले नेपालमा विश्वकपको आधिकारिक प्रसारण संस्था मिडिया हबसँग प्रसारणबारे केही दिनदेखि छलफल चलाइरहेका छन् ।

नेपालका दुई मल्टिप्लेक्स चेनहरु क्यूएफएक्स र आईएनआईले यसबारे तयारी भइरहेको जनाएका छन् । ‘हामी केही हल मिलेर फाइनल खेल देखाउने बारेमा तयारी गरिरहेका छौं,’ आईएनआईका निर्देशक सुरेन्द्र थापाले भने, ‘मिडिया हबसँग हामी छलफलमा छौं ।’

आईएनआईबाहेक बिग मुभिजमा पनि देखाउने गरी आफू तयारीमा जुटेको उनले बताए । ‘अहिल्यै टुंगो लागेको छैन । हलमा खेल देखाउँदाको जोखिमलाई समेत ख्याल गरेर अघि बढ्नेछौं,’ उनले भने ।

यसैबीच, क्यूएफएक्सले समेत नेपालस्थित आफ्ना सबै हलमा फाइनल खेल देखाउने तयारी गरेको छ । क्यूएफएक्समा फुटबल देखाउन लाइन्ज मार्केटिङले मिडिया हबसँग छलफल गरिरहेको छ ।

‘कसरी देखाउने लगायतका कुरामा कुरा अघि बढिरहेको छ तर अहिल्यै टुंगो लागेको छैन,’ क्यूएफएक्स स्रोतले भन्यो ।

आईएनआई निर्देशक थापा चाहिं हलमा फिल्म देखाउनु र खेल देखाउनुमा निकै भिन्नता रहेको बताउँछन् । ‘फिल्म हेर्दा दर्शक चियाकफी खाएर अनुशासित ढंगले बस्छन् तर खेलमा त्यो अवस्था नरहन सक्छ । जोखिम पनि हुने भएकाले हामीले यसतर्फ विचार गरिरहेका छौं,’ उनले भने ।

विश्वकपको फाइनल खेल आगामी डिसेम्बर १८ मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?