+
+

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:४२

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो ।

गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?