+
+

फ्रान्सेली प्रशिक्षक भन्छन् : विश्वकप जित्न एक कदम अघि बढ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १५:४६

२९ मंसिर, काठमाडौं । फ्रान्सका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पले बुधबार विश्वकप सेमिफाइनलमा मोरक्कोलाई हराएपछि लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन् ।

साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो । ७९औं मिनेटमा सब्स्टिच्युड कोलो मुआनीको गोलसँगै फ्रान्सले पछिल्लो सात संस्करणमा चौथोपल्ट फाइनलमा स्थान बनायो ।

‘यहाँ भावना छ, गर्व छ । अब एउटा अन्तिम कदम बाँकी छ,’ सन् २०१८ को विश्वकप विजेता प्रशिक्षक डेसच्याम्पले भने, ‘हामी एक महिनादेखि एकसाथ छौं । यो कठिन सफलताका लागि सबै खुसी छौं ।’

आफ्नो टिमलाई लगातार विश्वकपको फाइनलमा पुर्याउने डेसच्याम्प चौथो प्रशिक्षक बनेका छन् । फ्रान्स च्याम्पियन बनेमा लगातार दुई विश्वकप जित्ने ब्राजिलपछि (सन् १९६२) पहिलो देश बन्नेछ ।

लगातार दोस्रोपल्ट विश्वकपको फाइनल खेल्न पाउनु अविश्वसनीय क्षण हो,’ सेमिफाइनलका गोलकर्ता हर्नाण्डेज भन्छन्, ‘धेरै कठिनाईका बाबजुद हामीले राम्रो खेल्यौं ।’

‘हामी मिहिनेत गछौं र फाइनल जित्नेछौं । मेरो भाइका लागि पनि मैले यो सपना देखिरहेको छु,’ लुकास हर्नाण्डेजतर्फ इशारा गर्दै उनले भने । समूह चरणमा अस्ट्रेलियाविरुद्धको खेलमा घुँडाको गम्भीर चोट ब्यहोरेपछि लुकास टिमबाहिर छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?