+

धेरै रिसाउने व्यक्तिलाई ‘डिप्रेसन’ हुन सक्छ ?

२०७९ पुष  १७ गते १८:३८ २०७९ पुष १७ गते १८:३८
Shares
धेरै रिसाउने व्यक्तिलाई ‘डिप्रेसन’ हुन सक्छ ?

काठमाडौं । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ ।

आफूमा भएको तनाव र समस्यालाई मानिसले कुनै न कुनै माध्यमबाट बाहिर निकालिरहेको हुन्छ । त्यसमध्ये एक रिस पनि हो । तर कोही व्यक्ति सानो-सानो कुरामा पनि धेरै रिसाउँछ भने स्वास्थ्यको लागि हानिकारक बन्न सकिन्छ ।

रिस उठ्नुमा बाह्य परिस्थिति र स्वभाव दुवै कारण हुने मनोविद् विनोद पौडेल बताउँछन् ।

धेरै रिसाउनेलाई एन्जाइटी र डिप्रेसनको जोखिम

ध्वनि प्रदूषण, खानेकुरा, वातावरण रिस उठ्नुका बाह्य कारण हुन् । बढी चिन्ता, तनाव र अन्तर्मुखी स्वभाव भित्री कारण हुन् । अन्तर्मुखी व्यक्ति कुनै कुरामा असफल भएको छ वा कुनै कुराको तनावमा छ भने उसले त्यो कुरा अरूलाई खुलेर बताउन सक्दैन । यस्तो व्यक्तिले मनभित्र गुम्साएर राख्ने र अत्यधिक रिसमार्फत  पोख्ने मनोविद पौडेल बताउँछन् ।

‘जो व्यक्तिले आफ्नो कुरा अरूसामु प्रष्ट रूपमा राख्न सक्दैन, त्यस्तो व्यक्ति बढी रिसाउँछ । किनकि उनीहरूले आफ्नो मनमा भएको कुरा अरूलाई भन्न नसक्दा पीडा हुन्छ र रिसमार्फत बाहिर निस्कन्छ,’ उनी भन्छन्, ‘त्यसैले अन्य व्यक्तिको तुलनामा यस्तो स्वभाव भएको व्यक्ति बढी रिसाउँछन् ।’

मनोविद् विनोद पौडेल

धेरै रिसाउने व्यक्तिलाई राम्ररी निद्रा नलाग्ने, नराम्रो सपना देख्ने जस्ता समस्या देखा पर्न सक्छन् । लामो समयसम्म रिसाउने व्यक्तिमा रक्तचाप बढ्ने समस्या समेत हुन्छ ।  ‘रक्तचाप बढी भएको व्यक्तिलाई धेरै रिस उठ्छ,’ पौडेल भन्छन्, ‘रिसाउँदा स्ट्रेस हर्मन पनि रिलिज हुने भएकाले धेरै रिसाउने र लामो समयसम्म रिसाइरहने व्यक्तिमा पछि एन्जाइटी र डिप्रेसनको समस्या पनि हुन सक्छ ।’

रिस एक स्वभाविक प्राकृतिक प्रक्रिया हो तर अभिव्यक्त गर्ने तरिका भने फरक हुन्छ । कोही झनक्क रिसाउँछन् र एकै छिनमा शान्त हुन्छन्, कोहीलाई सानोतिनो कुराले रिस उठ्दैन ।  कसैलाई सानो कुरामा पनि रिस उठ्छ र त्यो रिस लामो समयसम्म रहन्छ । व्यक्ति अनुसार रिस फरक हुन्छ तर रिस नै नउठ्ने भने नहुने पौडेल बताउँछन् ।

धेरै रिसाउने व्यक्तिमा उच्च रक्तचापको जोखिम

कुनै व्यक्ति कहिलेकाहीं एक छिन रिसाउँछ भने सामान्य हो । विभिन्न परिस्थितिमा मुड परिवर्तन हुनु पनि सामान्य हो । रिस उठ्ने व्यक्तिमा केही न केही तनाव हुन्छ । तनावले मानिसमा विभिन्न शारीरिक र मानसिक समस्या निम्त्याउँछ । जब मानिसलाई रिस उठ्छ ‘स्याम्पथिक’ आवेगात्मक स्नायु प्रणाली सक्रिय हुन्छ । जसले गर्दा रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने, रगत धेरै पम्प गर्ने, विभिन्न हर्मोन निस्कने मुटुरोग विशेषज्ञ डा. कमल लम्साल बताउँछन् ।

‘मुटुको समस्या भएका व्यक्ति बढी रिसाए भने उनीहरूको चाल तीव्र हुन्छ र उनीहरूको अवस्था झन् बिग्रन गर्छ,’ उनी भन्छन्, ‘सामान्य व्यक्तिमा धेरै रिस उठिरह्यो भने रक्तचाप बढ्न सक्ने भयो भने मुटुको समस्या भएकाहरूलाई समस्या झन् बढ्न सक्छ ।’

रिस उठेको बेला हाम्रो शरीरमा स्ट्रेस हर्मन ‘कोर्टिसोल’ र ‘एड्रेनालाइन’को उत्पादन बढी हुन्छ । त्यो हर्मोन बढेपछि रक्तचाप बढ्ने र मुटुलाई जोखिम मात्र नभएर ब्लड सुगर पनि बढ्ने लम्साल बताउँछन् ।

मुटुरोग विशेषज्ञ डा. कमल लम्साल

रिस नियन्त्रणको सजिलो काइदा

सबैभन्दा पहिले के कुराले रिस उठिरहेको छ त्यो कारण पत्ता लगाउनुपर्छ । धेरै रिसाउने व्यक्तिमा कुनै न कुनै तनाव हुने मनोविद् पौडेल बताउँछन् । ‘त्यो तनाव व्यवस्थापन गर्‍यो वा रिस उठ्ने कारणलाई व्यवस्थापन गर्न सकियो भने रिस उठे पनि धेरैबेरसम्म रहँदैन शान्त भइहाल्छ,’ उनी भन्छन् ।

रिसको बेला आउने आक्रोशले तनाव बढाउँछ । यस्तोमा आँखा चिम्लेर शान्त भएर बस्नुपर्छ जसले रिसलाई नियन्त्रण गर्न सहयोग गर्ने पौडेल बताउँछन् ।

कुनै कुराले रिस उठेको छ वा तनाव भएको छ भने आफ्नो नजिकको मिल्ने व्यक्तिलाई बताउँदा रिस शान्त हुने उनी सुझाउँछन् ।

रिसलाई सकारात्मक तरिकाले व्यवस्थापन गर्न शारीरिक र मानसिक रूपमा स्वस्थ रहनुपर्छ । रक्तचाप बढ्नु, मुटुको गति बढ्नु, चिड्चिडापन र अन्य सामान्यभन्दा फरक व्यवहार देखिए आफूलाई सम्हाल्न तथा रिसलाई नियन्त्रण गर्न गाह्रो भएको अवस्थामा भने चिकित्सकको सल्लाह लिनुपर्ने पौडेल सुझाउँछन् ।

डिप्रेसन रिस
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प