+
+

प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि ओलीले दिए कांग्रेसलाई धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १४:१३

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताए ।

‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ उनले भने, ‘नयाँ इन्टरप्रिटेसन छ ।’

ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए ।

मंगलबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सुनाएपछि ओलीले भने  ‘कपमै चिया हाल्नुभयो, थ्यांक्यू भेरी मच’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?