+
+

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो, विपक्षी दलको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १३:०९

२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन । बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ ।

तर सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वत: पदमुक्त हुन्छन् ।

सभामुखले बैठडक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । ‘यसरी भोलिका दिनमा सभामुखले कसरी काम गर्छन्’ उनले प्रश्न गरे ।

विपक्षी दल नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने दिन बैठक सार्ने परम्परा नरहे पनि सभामुखले सारेको भन्दै असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?