+
+
Shares
कविता :

ख्याउटे कान्छो

सूर्यनारायण एच पेलिस सूर्यनारायण एच पेलिस
२०७९ फागुन ८ गते १६:१३

संविधानको समानताभित्र ऊ अटाएकै छ

उसले श्वास फेरिरहेको छ

त्यो पनि कतिलाई बिझेकै हुनुपर्छ

उ डराइ डराइ श्वास फेर्छ

मानौं उसका लागि

श्वास फेर्नु

पाइला चाल्नु

भरिया बन्नु नै त हो जिन्दगी

अत्यन्त स्वभाविक

चामलमा कीरा पर्नुजस्तै त हो नि

एउटा हातले सबैथोक गर्छ

न्वारनदेखिको दरिलो बल

इमानपूर्वक खर्चिन्छ

कत्रो ख्याउटेको आँट

खुम्चेको लुगामा काँठैकाँठ

गिलिल्ल हाँसो सुन्छ

सँगाल्छ मन नपर्ने उपनामहरु

जसले अरेलुका काँडाले झैं

धर्साहरु बनाउँछन्

हरदिन उसले टेकेको जमिन एक इन्च भासिन्छ

सानो कद अझै होचिन्छ

ऊ स्वतन्त्र छ

तैपनि हैसियत अनुसार

लक्ष्मणरेखाहरुको महाजालभित्र

बोल्दा, लेख्दा, सुन्दा, हेर्दा

कतै छोइयो भने

कसुरमा सजिलै डामिन सक्छ

सहजै दोषी मानिन सक्छ

अनुहारभरि दागैदाग लाग्न सक्छ

फेसियल गर्नेहरुको छेउ

जिम गर्नेहरुको माझ

ऊ कुरुप हुन्छ

संघर्ष गर्दागर्दै थाक्न सक्छ

हार नियति बनेपछि

झुसिलकीराहरुसँग पनि काँप्न सक्छ

छेवैको कुवाको पानीमा

कीरा, भ्यागुता, लेउ र लेदो भरिएपछि

बोटलभित्र बसेका

मिनरल वाटरहरुले

गिज्यार्इ गिज्यार्इ

पुष्ट ओठहरुमा स्पर्श गरिदिन्छन्

जब ख्याउटे कान्छो

तिर्खा बिर्संदै

आँसु र पसिना पोख्छ

अनि व्यर्थै मख्ख पर्छ

हाँगा सुक्दै गरेको

दुर्इचार गोटा फलेको

हजुरआमालार्इ मन पर्ने

जिरे खुर्सानीको बोटको

शीतलताको आश्वासनमा

 म्याग्दे-६, तनहुँ

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?