+
+

वर्षा सिवाकोटी अभिनित ‘ए साथी सुन’को टिजर रिलिज, फिल्म जेठ ५ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १२:११

काठमाडौं । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म चैत १० गते रिलिज हुने भनिएपनि सम्पादन कार्यमा ढिलाइ भएकाले पोस्टपोन्ड भएको जनाइएको छ ।

बदलाको कथावस्तुमा आधारित यो फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । डेब्यु अभिनेता रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा र सुवास साहको समेत अभिनय छ । यो फिल्मलाई जयनन्दको अन्तिम फिल्म समेत भनिएको छ ।

फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । ‘प्रेमगीत ३’ फेम्ड सुदीप पौडेल यसका सहनिर्माता हुन् । फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो । यसलाई देशव्यापी आरआर फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?