+
+

तेस्रो बुद्ध थिएटर फेस्टिभल सोमबारदेखि राष्ट्रिय नाचघरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १८:११

काठमाडौं । विश्व रंगमञ्च दिवसको अवसर पारेर बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण आगामी सोमबारदेखि काठमाडौंमा हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने महोत्सव चैत १७ गतेसम्म चल्ने आयोजकले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा ‘छक्कापञ्जा ४’ फेम्ड अभिनेता पुष्कर गुरुङले जानकारी दिए ।

उनका अनुसार पाँच दिनसम्म चल्ने फेस्टिभलमा नेपालका ६ नाटक मञ्चन हुनेछन् । साथै फेस्टिभलमा माया थापाको निर्देशन तयार भएको नृत्य नाटक ‘चण्डालिका’ समेत मञ्चन हुनेछ । महोत्सवको क्रममा अभिनेता तथा निर्देशक अनुप बराललाई ५० हजार रुपैयाँ राशीको ‘डबली अवार्ड’ प्रदान गरिने भएको छ ।

यसअघि फेस्टिभलमा विदेशी नाटक पनि समावेश गराइएको थियो तर भनेजस्तो राम्रो कथावस्तुका नाटक नआएपछि यसपटक नेपालीलाई मात्र समावेश गरिएको हो । यो फेस्टिभल बागमती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनामा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?