+

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

२०७९ चैत  १६ गते १४:५६ २०७९ चैत १६ गते १४:५६
Shares
सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो ।

यद्यपि कुकुरले टोकेको अवस्थामा रेबिजको सुई लगाउनु उत्तम हुन्छ । किनभने भोलिको सम्भावित जोखिमलाई यसले टार्न सक्छ । कुकुर रेबिज संक्रमित छैन भने त ठीकै हो । तर संक्रमित भएपनि त्यसको लक्षण नदेखिएको हुन सक्छ । यस्तो अवस्थामा कुनै कुकुरले टोकेको छ भने पछि समस्या ल्याउँछ नै ।

हामी कुकुरको आवरण हेरेर मूल्यांकन गर्छौं । दुब्लो, फोहोरी कुकुर छ भने त्यसले टोक्छ कि भनेर सतर्क हुन्छौं । त्यस्तो कुकुरले टोकेमा रेबिज हुन्छ भन्ने डर लाग्छ । तर हट्टाकट्टा, सफा कुकुर छ भने त्यसले टोकेमा पनि रेबिज नलाग्न सक्छ भन्ने सोच्छौं । खासमा यो गलत हो ।

कुकुर चाहे सडकको होस् वा घरपालुवा, चाहे डरलाग्दो होस् वा सामान्य । यदि हामीलाई टोकेको छ भने रेबिजविरुद्धको सुई हान्नैपर्छ । यो एक सुरक्षात्मक विधि हो । पछिल्लो रेबिजको संक्रमण दर बढेको छ । केही दशकअघिसम्म बर्सेनि १५-१६ जनाको मृत्यु हुन्थ्यो । अहिले रेबिज रोग लागेर बर्सेनि झण्डै २० जनाको मृत्यु हुने गरेको छ ।

घरपालुवा कुकुरले टोकेमा

घरपालुवा कुकुरले टोक्यो भने कतिपयले सुई लगाउँदैनन् । आफैंले पालेको, घरभित्रै राखेको त्यसैले रेबिज संक्रमण छैन भन्ने लाग्छ । तर यो त हाम्रो अनुमान न हो । यथार्थ फरक हुन सक्छ । कुनै कारणवश उक्त कुकुरमा पनि रेबिज छ भने त समस्या ल्याउँछ । त्यसैले घरपालुवा कुकुरले टोकेको छ भने पनि रेबिजको सुई हान्नैपर्छ ।

कुकुरले टोकेको कति समयभित्र सुई हान्नुपर्छ ?

कुकुरले टोकेको यति समयभित्र सुई हाल्नुपर्छ भन्ने समय तय गर्न सकिंदैन । त्यसैले सकेसम्म चाँडै, नसके ढिलै भएपनि रेबिजको सुई लगाउँदा सुरक्षित हुन्छ । सामान्यतया १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भन्ने पनि हुन्छन् । एक हिसाबले त त्यो पनि ठीकै छ ।

कुकुर १० दिनभित्रमा बहुलाउँछ कि मर्छ भनी कुर्नुभन्दा सुई लगाउनु नै उचित हुन्छ । यदि कुकुरले टोकेको छ भने नजिकैको स्वास्थ्य चौकी, क्लिनिक र औषधि पसलमा गई सुई लगाउँदा उपयुक्त हुन्छ । यदि दुर्गम ठाउँमा स्वास्थ्य चौकी र औषधि पसलको पहुँच टाढा भए घाउमा प्राथमिक उपचार गरेर ढिलो भएपनि रेबिजको सुई लगाउनुपर्छ ।

काठमाडौंस्थित टेकु अस्पतालमा भए टिकटको मात्र शुल्क लाग्छ, सुईको लाग्दैन । निजी अस्पताल वा क्लिनिकमा भए समान्यतया एउटा सुईको करिब ६ सय रुपैयाँ लाग्छ । रेबिजको सुई दुई तरिकाले लगाउने गरिन्छ, मासुमुनि र छालामुनि ।

अहिले टेकु तथा सरकारी अस्पतालमा छालामुनि लगाउने तरिकाबाट रेबिजको सुई लगाउने गरिन्छ जुन तीनपटक मात्र लगाए पुग्छ । मासुमुनि सुई लगाउने तरिका पुरानो हो । यो चारपटक लगाउने गरिन्छ । दुई तरिकाले लगाउने भएका कारण करिब १८ सयदेखि दुई हजार रुपैयाँसम्म यसको खर्च लाग्छ ।

कुकुरले टोक्नासाथ केही प्राथमिक उपचार गर्नुपर्छ । टोकेको ठाउँमा धारामा वा बग्ने पानीमा धुनुपर्छ । घाउमा सफा गरेर पट्टि वा ब्यान्डेज लगाउन सकिन्छ ।

रेबिज भएको र नभएको कुकुर कसरी थाहा हुन्छ ?

रेबिज भाइरस भएको कुकुरमा खासै विशेष लक्षण देखिंदैन । कुकुरले टोकेर रेबिज लागेको छ भने बिरामीमा देखिने मुख्य लक्षण भनेको हावा र पानीदेखि डराउने हुन्छन् । अर्को खाना निल्न गाह्रो हुने, ज्वरो आउने, र्याल चुहाउने जस्तो लक्षण देखा परेको हुन्छ । रेबिजको लक्षण देखेपछि मृत्यु हुने जोखिम बढ्छ । त्यसैले कुकुरले टोकेपछि केही लक्षण देखापरेको छैन भनेर सुई नलगाई बस्नु हुँदैन ।

सामान्यतया कुकुरले टोकेको तीन महिनामा लक्षण देखिन्छ भनिन्छ । तर ६ महिनादेखि ८ महिनामा पनि लक्षण देखेको पाइन्छ । कसैको वर्षौंसम्म पनि नदेखिन सक्छ ।

सरुवा रोगबारे अध्ययन गरेको २० वर्षको मेरो अनुभव अनुसार भन्दा एक दशकयता रेबिजको लक्षण परिवर्तन भएको छ । पहिले रेबिज लागेको कुकुर बढी आक्रमक हुने, पुच्छर निहुरेको, र्‍याल निकाल्ने जस्ता लक्षण देखिन्थ्यो । तर पछिल्लो समय भने रेबिज लागेको कुकुरमा धेरै लक्षण परिवर्तन भएको पाइन्छ । शान्त स्वभावको हुने गरेको पाइन्छ ।

(सरुवारोग विशेषज्ञ डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कुकुर रेबिज
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग