+
+

बालिका बलात्कार मुद्दामा व्यवसायी चटौतलाई १८ वर्ष १ महिना कैद

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते २०:३०

२७ चैत, काठमाडौं । बालिका बलात्कारको आरोपमा जिल्ला अदालत ललितपुरले व्यवसायी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय निर्धारण गरेको छ ।

आफ्नो घरमा काम गर्ने १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चटौतलाई सोमबार न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सजाय निर्धारण गरेको हो । चटौतबाट ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको छ ।

प्रहरीमा उजुरी परेपछि अनुसन्धान र अभियोजन कमजोर बनाउन तत्कालिन महान्यायाधिवक्ता खम्मबहादुर खातीबाटै मुद्दा कमजोर बनाउन दबाव दिएको भन्दै आलोचना भएको थियो ।

खातीको सचिवालयमा रहेका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र सहायक न्यायाधिवक्ता निजी सचिव विन्दु धामीले फोन गरेर मुद्दा कमजोर बनाउन दबाव दिएको तत्कालिन जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले सार्वजनिक गरेकी थिइन् । पछि उनको सरुवा भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले थोकरमाथि छानबिन गर्न समिति बनाएको थियो । समितिले उनलाई विभागीय कारवाही गर्नुपर्ने सिफारिस गरेको थियो । तर सरकार परिवर्तन भएर महान्यायाधिवक्ता खातीले राजीनामा दिएपछि भने उनीमाथि कारवाही रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?