+
+

निर्देशक भुटिया र सिक्किम फिल्म बोर्ड अध्यक्ष शर्मा कान्स फेस्टिभलमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:०९

काठमाडौं । नेपाली फिल्म निर्देशक साम्तेन भुटिया र सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्माले यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएका छन् । भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले दुवै फिल्मकर्मीलाई सिक्किम राज्यको प्रतिनिधित्व गर्दै विश्व प्रतिष्ठित महोत्सवमा पठाउन लागेको हो ।

कान्सको इण्डियन पेभेलियनअन्तर्गत रहेर उनीहरुले रेडकार्पेटमा चोली, फरियाजस्ता नेपाली परम्परागत वेशभूषा प्रस्तुत गर्ने भएका छन् । कान्समा ‘सिक्किम डे’को रुपमा मनाउँदै उनीहरुले भारतको यो उत्तरपूर्वी राज्यमा अन्तर्राष्ट्रिय फिल्मको छायांकनको रुपमा विकास गर्ने सन्देश दिने तयारी गरेका छन् ।

सिक्किममा फिल्म पर्यटनको विकास गर्न आकर्षक लोकेसनको भिडियो प्रदर्शन गर्नेदेखि अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई भेटेर फिल्म छायांकन क्याटलग वितरण गर्ने उनीहरुको तयारी छ । ‘खासमा यो एक्स्पोजर भिजिट हुनेछ,’ सिक्किम फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष शर्माले अनलाइनखबरसँग भनिन्, ‘यसले अन्ततः नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा समेत फाइदा पुग्ने हाम्रो आशा छ ।’

‘यसपटकको कान्स भ्रमण अध्ययन र अवलोकनमा केन्द्रित हुनेछ । अर्को वर्षको फेस्टिभलका लागि तयारी गर्न पनि मद्दत पुग्नेछ,’ उनले भनिन् । निर्देशक भुटियाले लेटर, साढे सात, त्यान्द्रो, अंगत, चच हुई र सुस्केरा फिल्म निर्देशन गरेका छन् भने मन्त्र र लभसबको पटकथा लेखेका हुन् ।

यस वर्ष भारतले आठ राज्यबाट १६ जनाको टोलीलाई कान्समा पठाउँदैछ । यसपटकको कान्स मे १७ देखि २७ सम्म फ्रान्समा आयोजना हुँदैछ । गत वर्ष नेपालबाट सुरक्षा पन्तले इटालीको फिल्म ‘एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दै कान्स रेडकार्पेट नापेकी थिइन् । यसैबीच, यसै वर्ष नेपाल र सिक्किमबीचको संयुक्त लगानीमा तीन फिल्मको निर्माण हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?