+
+

विराटनगरमा भोलि एनसेल कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २०:१०

विराटनगर । निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले शनिबार विराटनगरमा  सांगीतिक कन्सर्ट आयोजना गर्दैछ । एनसेल आजियाटा लिमिटेडले  विराटनगरको हाटखोला मैदानमा कन्सर्टको आयोजना गर्न लागेको हो ।

चर्चित कलाकार र गायक सहभागी  हुने कन्सर्टको तयारी पुरा भएको एनसेलले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी  दिएको छ ।

एनसेल कन्सर्टमा दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स ब्यान्ड, अस्मिता अधिकारी, सुनिल पण्डित केकी अधिकार लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।

कन्सर्ट दिउँसो २ बजेबाट सुरु भएर बेलुका साढे ८  बजे सकिने एनसेलले बताएको छ । एनसेल सेन्टरहरुबाट कन्सर्टको टिकट खरिद गर्न सकिने एनसेलले जनाएको छ ।

यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?