+
+

मानिसको दिमागमा चिप लगाउँदै एलन मस्क, सरकारले दियो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १६:०३

ट्वीटर, टेस्ला, स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्कको अर्को कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान गर्ने भएको छ ।

मानिसमा यस्तो परीक्षण गर्नका लागि न्युरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त भएको हो । यो सँगै अब न्युरालिंकले मानिसको दिमागमा चिप लगाएर मानव परीक्षण गर्न सक्नेछ । यसअघि न्युरालिंकले बाँदरको मष्तिष्कमा चिप जडानको सफल परीक्षण गरेको थियो ।

न्युरालिंकले यस्तो स्वीकृतिका विषयमा ट्वीट पनि गरेको छ । उसका अनुसार एफडीएको अनुमति यस्तो महत्वपूर्ण कदम हो जसले भविष्यमा कम्पनीको सो प्रविधिबाट धेरै मानिसलाई सहयोग गर्ने मार्ग प्रसस्त गर्नेछ । यद्यपि न्युरालिंकले आफ्नो आगामी योजनाका बारेमा भने केही पनि उल्लेख गरेको छैन ।

न्युरालिंकको यो मष्तिष्क प्रत्यारोपण प्रविधि विभिन्न अर्थमा निकै उपयोगी सावित हुनेवाला छ । मष्तिष्कमा चिप लगाएर विभिन्न बिरामीहरुलाई ठूलो सहयोग गर्न सकिन्छ । यदि यो ट्रायल सफल भएमा बोल्न नसक्ने तथा दिमागी रुपले असक्षम मानिसहरुका अलवा पक्षघात भएका विरामीहरुका लागि समेत बरदान सावित हुनेछ ।

एलन मस्कलाई आफ्नो यो प्रविधिप्रति यतिधेरै भरोसा छ कि गतवर्ष उनले आफ्नो बच्चाको मस्तिष्कमा समेत यहीँ चिप लगाउन तयार भएको बताएका थिए ।

सन् २०१९ मै मस्कले सन् २०२२ सम्ममा न्युरालिंकलाई एफडिएबाट मानव ट्रायलका लागि स्वीकृति प्राप्त हुने दाबी गरेका थिए । तथापि एफडीएले भने न्युरालिंकको आवेदनलाई धेरैपटक अस्वीकार गरेको थियो ।

मानिसको दिमागमा जडान गर्ने भनेको चिपमा रहेको लिथियम ब्याट्रीप्रति एफडिएको सबैभन्दा ठूलो आपत्ति थियो । यदि कुनै कारणले चिपमा रहेको उक्त ब्याट्रीको रसायन मस्तिष्कमा चुहियो भने त्यसको परिणाम भयानक हुनसक्छ । न्युरालिंकको चिपमाथि सबैभन्दा ठूलो चुनौती मष्तिष्क कोशिकासँग रहेको छ ।

न्युरालिंकले यसअघि बाँदरको मष्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरिसकेको छ । न्युरालिंकले त्यसरी प्रत्यारोपित बाँदरको भिडियो पनि सार्वजनिक गरेको थियो जसमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो ।

न्युरालिंकको यो परीक्षणका सम्बन्धमा बाँदरलाई क्षति पुगे नपुगेको सम्बन्धमा अनुसन्धान पनि चलिरहेको छ । साथै चिपलाई मष्तिष्कमा सही ढंगले प्रत्यारोपण गरे नगरेको विषयमा पनि जाँच भैरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?