+
+

बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते ९:३३

१४ जेठ, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

आर्थिक वर्ष ०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ । बुधबार (जेठ १७ गते)देखि नै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने तय भएको छ ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री लगायतसँग राजनीतिक परामर्श गर्ने छन् भने त्यससँगै कूटनीतिज्ञहरूसँग पनि परामर्श गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?