+
+

सञ्जयलीला भन्सालीको ‘बैजु बावरा’ र ‘डन ३’मा जोडिए रणवीर सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:१८

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो फिल्म ‘रकी और रानी प्रेम कहानी’को रिलिजलाई लिएर व्यस्त छन् । योसँगै उनले केही नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेको खबर छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार रणवीरले दुई फिल्ममा काम गर्ने पक्का भएको छ ।

दुई वर्षको अवधिमा सन् २०२४ र २०२५ मा उनले गर्ने यी दुई फिल्मको छायांकन हुने भएको छ । जसअनुसार रणवीरले ‘बैजु बावरा’ र ‘डन ३’मा अभिनय गर्दैछन् । सञ्जयलीला भन्सालीले निर्देशन गर्ने ‘बैजु बावरा’को सुटिङ सन् २०२४ को सुरुवातदेखि हुनेछ । यो फिल्मका लागि भन्साली र सिंहबीच लामो समयदेखि छलफल चलिरहेको थियो ।

यो फिल्म निर्माणका लागि भन्सालीले केही बलिउड स्टुडियोसँग मिटिङ गरिरहेका छन् । अहिले छायांकन भइरहेको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’पछि भन्सालीले यो फिल्मको छायांकन गर्ने तयारी छ । हीरामण्डी आगामी डिसेम्बरसम्म सकिने अपेक्षा छ ।

आगामी फेब्रुअरीदेखि छायांकन सुरु गर्नुअघि भन्सालीले चर्चित स्टारकास्टलाई फिल्ममा लिने तयारी गरिरहेका छन् । रणवीरको अपोजिटमा नायिकाको भूमिका आलिया भट्टले अभिनय गर्ने पक्काजस्तै छ । आलियासहित फिल्ममा डकैती रानी रुपमतीको रोलमा भन्सालीले अर्की एक अभिनेत्रीलाई कास्ट गर्ने बुझिएको छ ।

यसबाहेक रणवीर फरहान अख्तरको फिल्म ‘डन ३’ मा पनि रणवीरले काम गर्ने करिब पक्का छ । ‘बैजु बावरा’अघि रणवीरले रोहित शेट्टी र अजय देवगणसँग सिंघम रिटन्र्सको श्रृंखलामा काम गर्दैछन् । सिंघम युनिभर्स तय गरिएको यो श्रृंखलाको केन्द्रमा रणवीरकै पात्र हुने बताइएको छ ।

यसैबीच, आगामी सेप्टेम्बर वा अक्टोबरमा फरहानले ‘डन ३’ को छायांकन थाल्दैछन् । सन् २०१४ को गर्मीयामसम्म उनको पछिल्लो फिल्म ‘जिले जरा’लाई तयारी गरेर उनी त्यसपछि डन ३ तर्फ अघि बढ्ने योजनामा छन् । डन ३ को पहिलो ड्राफ्ट सकिएको छ र अन्य तयारी सुरु भएको छ ।

यसअघि डन ३ मा शाहरुख खान नहुने समाचार पनि आएको थियो । यस्तोमा फरहान यो फिल्ममा शाहरुखलाई केमियो भूमिकामा मात्र प्रस्तुत गर्ने तयारीमा छन् । यी दुई फिल्मपछि रणवीरले निर्देशक शंकरसँगको फिल्म ‘जयन्तीलाल गदा’मा साइन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?