+
+

सरोज खनाल निर्देशित ‘बगान’को टिजर : एकल आमाको भूमिकामा करिश्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते ११:४९

काठमाडौं । सरोज खनाल निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक भएको छ । एक मिनेट १३ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण खुलासा गर्छ । टिजरमा दुई शीर्ष पात्रको कथालाई समानान्तर रुपमा प्रस्तुत गरिएको छ ।

एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी छन् भने अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्की छन् । करिश्माले यसमा एकल आमाको भूमिका निर्वाह गरेकी छन् । करिश्माको पात्रको नजरबाट भनिएको कथामा एकल महिलाको चाहना र संवेदनालाई पेश गरिएको छ ।

पशुपति वृद्धाश्रमको सेटिङमा प्रस्तुत फिल्म नारीप्रधान हो । करिअरमा ७० हाराहारी फिल्ममा अभिनय गरेका सरोजको यो पहिलो निर्देशकीय फिचर हो । फिल्मको टिजरले नीर शाह, मिथिला शर्मा र वसुन्धरा भुसाललाई पनि चित्रण गरेको छ । स्वप्न नीरवको पटकथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?