+

विश्वकप क्रिकेट छनोटमा स्कटल्याण्डसँग हारेपछि यूएई बाहिरियो

२०८० असार  ८ गते २१:१० २०८० असार ८ गते २१:१०
विश्वकप क्रिकेट छनोटमा स्कटल्याण्डसँग हारेपछि यूएई बाहिरियो

८ असार, काठमाडौं । स्कटल्याण्डसँग १११ रनको फराकिलो अन्तरले हारेसँग यूएई विश्वकप क्रिकेट छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेल आयरल्याण्डसँग खेल्न बाँकी रहेको यूएईको त्यो खेल जिते पनि सुपर सिक्समा पुग्ने संभावना छैन ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि २८३ रनको लक्ष्य पछ्याएको यूएई ३५.३ ओभरमा १७१ रनमा अल आउट भयो ।

यूएईका मोहमद वासिमले ३६ तथा बसिल अहमदले ३० रन बनाए ।

स्कटल्याण्डका सफयान सरिफले ६.३ ओभर मात्र बलिङ गरेर ४ विकेट लिए । क्रिस सोलेले ३ विकेट चट्काए ।

यसअघि पहिला व्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो ।

उसका लागि कप्तान रिची बेरिङ्गटोनले शतकीय पारी खेले । १३६ बलमा उनले ९ चौका र ३ छक्का हान्दै १२७ रन बनाए ।

लगातार दोस्रो खेल जितेको स्कटल्याण्डको सुपर सिक्समा पुग्ने संभावना बलियो भएको छ । यो समूहमा स्कटल्याण्डसँगै श्रीलंका र ओमानको समान ४ अंक छ । तर ओमानले एक खेल बढी खेलेको छ । दुवै खेल हारेको आयरल्याण्डले भने कुनै अंक जोड्न सकेको छैन ।

विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय