+

बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

२०८० असार  ११ गते १५:०६ २०८० असार ११ गते १५:०६
Shares
बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

बाथरोग जोर्नीसम्बन्धी रोग हो भन्ने धेरैलाई थाहा भए पनि बाथ ज्वरोको विषयमा भने कमैलाई मात्रै जानकारी भएको पाइन्छ । बाथ ज्वरो प्रायः बच्चालाई हुने एक किसिमको रोग हो । घाँटी दुख्ने समस्या र छालाको संक्रमण हुँदा समयमा उपचार नभएमा वा अपूरो उपचार हुँदा बाथ ज्वरो हुन सक्छ ।

पाँचदेखि १५ वर्षसम्मका बालबालिकालाई बढी हुने यो रोगले मुटु, हाड्जोर्नी र स्नायु प्रणालीमा समस्या ल्याउँछ । यसलाई चिकित्सकीय भाषामा ‘एक्युट रिम्याटिक फिबर’ भनिन्छ । गु्रप ए स्टेप्टोकक्स नामक ब्याक्टेरियाको संक्रमणका कारण बाथ ज्वरो हुन्छ ।

लक्षण

घाँटी वा छालामा संक्रमण भएको दुईदेखि तीन हप्ताभित्र ज्वरो आउने, घाँटी दुख्ने, जोर्नीहरु सुन्निने, हातखुट्टाका जोर्नीहरु दुख्ने (जस्तै कम्मर, नाडी, कुहिना, घुँडाजस्ता ठूला जोर्नी दुख्ने), दुखाइ एक ठाउँबाट अर्को ठाउँमा सर्ने, अनियन्त्रित शारीरिक हलचल (हातखुट्टाका मांसपेशी बाउँडिने, हल्लिने, चल्नेजस्तो हुने), शरीरमा रातो दाग आउने, शरीरमा सानो फोका, छालामुनि गिर्खा देखा पर्ट ।

यस्तै मुटुको चाल गडबडी भएमा, मुटुको धडकनमा अनावश्यक आवाज सुन्निएमा, मुटुको केही समस्या नभए पनि जीउ सुन्निने वा स्वाँस्वाँ हुने भएमा बाथ ज्वरोको लक्षण हुन सक्छ ।

उपचार

बाथज्वरो भएको हो कि होइन भनेर थाहा पाउन रगत परीक्षण गर्न सकिन्छ । यदि बाथ ज्वरो भइसकेको छ भने उपचारमा यही नै भनेर औषधि भनेर तोकिएको छैन । तर यस रोगमा दुखाइ कम गर्ने औषधिको प्रयोग गरिन्छ । बिरामीको अवस्था हेरेर विभिन्न एन्टिबायोटिक चलाउने गरिन्छ । यदि मुटुको भल्बमा नै नोक्सान पुर्‍याइसकेको खण्डमा शल्यक्रियासमेत गर्ने गरिन्छ । यो रोग निको भइसकेपछि पनि फेरि फर्किने सम्भावना हुन्छ । त्यसैले लामो समयसम्म एन्टिबायोटिक औषधि खाइराख्नुपर्ने हुन्छ ।

जोखिम

बाथ ज्वरोको समयमा उपचार नभएमा यसले मुटुको भल्बमा हानि पुर्‍याउन सक्छ । यसको समयमै पहिचान गरेर उपचार गरिएन भने भविष्यमा मुटुरोग तथा हार्ट फेल हुने जोखिम हुन सक्छ । जसलाई मेडिकल भाषामा ‘रिम्याटिक हार्ट डिजिज’ भनिन्छ ।

रोकथाम

बाथ ज्वरोबाट बालबालिकालाई बचाउन पोषणयुक्त खाना खुवाउने, घाँटी दुख्ने, हल्का ज्वरो आउने, जोर्नी दुख्नेजस्ता समस्या देखिएमा बेलैमा उपचार गर्नुपर्छ । सामान्य रोग भनेर हेल्चेक्राइँ गर्नुहुँदैन ।

(डा. प्रजापति भक्तपुरको च्याम्हासिंहस्थित ख्वपः अस्पतालमा कार्यरत चिकित्सक हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

बाथ ज्वरो स्वास्थ्य
डा. अमर प्रजापति
लेखक
डा. अमर प्रजापति
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५४१६ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) हाल भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी अस्पताल सुधार : जनताले गुणस्तरीय सेवा कहिले पाउने ?

सरकारी अस्पताल सुधार : जनताले गुणस्तरीय सेवा कहिले पाउने ?

आमाले खाने औषधि गर्भको बच्चामा पुग्छ ? ‘कृत्रिम साल’ बनाएर अध्ययन गर्दै वैज्ञानिक

आमाले खाने औषधि गर्भको बच्चामा पुग्छ ? ‘कृत्रिम साल’ बनाएर अध्ययन गर्दै वैज्ञानिक

मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने ? ध्यान दिनुपर्ने ६ कुरा

मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने ? ध्यान दिनुपर्ने ६ कुरा

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा