+
+

कोशीमा प्रदेशसभा बैठक अनिश्चित, मुख्यमन्त्री कुर्दै विपक्षी दलहरु

हरि अधिकारी हरि अधिकारी
२०८० असार १४ गते १९:५५

१४ असार, विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्नुअघि रोकिएको कोशी प्रदेशसभाको बैठक साढे दुई घण्टा भन्दा बढी समयसम्म सुरु हुन सकेको छैन ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेर त्यसमाथि सबै राजनीतिक दलका प्रतिनिधिले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

तर अपरान्ह करिब ५ बजे स्थगित गरिएको बैठक साढे दुई घण्टा भन्दा बढी समयसम्म बस्न नसकेको हो । प्रदेशसभा सचिवालयले साढे ७ बजे सूचना निकालेर बैठक ८ बजेसम्मका लागि सारिएको बताएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका प्रदेशसभाका विपक्षी दलका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर नै छन् । तर मुख्यमन्त्री, मन्त्रीहरु र एमालेका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर छैनन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार बैठक बस्न सम्भव नभएको बताए । उनले सभामुखलाई बैठक भोलिसम्म सार्न आग्रह गरिएको पनि बताए ।

प्रदेशसभा बैठकमा दलहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि मुख्यमन्त्ती कार्की विश्वासको मतसम्बन्धी प्रस्तावमा दलहरुले राखेको जिज्ञासाको जवाफ तयार पार्ने भन्दै प्रदेशसभाबाट निस्किएका थिए । मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि गएका थिए ।

मुख्यमन्त्री भाग्नुभयो : कांग्रेस नेता थापा

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको टिप्पणी गरेका छन् । ‘विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो’, उनले भने, ‘हामी कुरेको कुर्यैे छौं ।’

थापाले बिहीबार नै बैठक बस्न मुख्यमन्त्रीलाई कुरेर बसेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?