+
+
Shares
कविता :

आमा अनि जन्मदिन

प्रल्हाद गैरापिल्ली प्रल्हाद गैरापिल्ली
२०८० साउन १२ गते १६:३३

हरदिन सरह नै एक दिन गगनमा सूर्य उदय भयो

त्यो उषाकालमा एक आमाको आशा पनि सँगै उदायो

दशौं सन्ततिलाई जन्म दिइसकेकी उनी आधालाई मात्र साथमा लिंदै थिइन्

छोराछोरीको बराबर महत्व थियो भने उनी यी सारा प्रसव पीडाबाट बज्रिन पर्थेन कि ?

यो मेरो अनुमान मात्र होइन, तीसौं दशकको अनुभव अनि पठन एकै स्वरमा बुलन्द भई बोल्दैछन्

 

हो कति हदमा यस्तै सामाजिक मूल्यमान्यतासँग जोडिएका विश्वासले आमाहरुलाई सताइरहे

ढिकीजाँतो, कुटोकोदालो अनि डोकोनाम्लोबाट दशकौं गुजारिएका उनीहरु जीवनका बृहत् काव्य हुन्

उनी सुनाउँछिन् कहालीलाग्दा दु:ख र संघर्षका कथा र भोकभोकै गएका मेलापातका अनगिन्ती कथा

जुनेली रातमा खनेका बारीका कान्ला र बटुलेका घाँसका भारी अनि सम्हाल्छिन् आफैंलाई समय फरक थियो

 

पटुकीले पिठ्यूँमा बोकिएका पल, त्यहींबाट झिकिएका दुईमुठी मकै वा ठेला उठेका ती न्यानो हातको स्पर्श

यस्ता कथा जुन कहिल्यै सुनिएनन् लेखिएनन्, तर पनि मेटिएनन्, र त विशेष नै थिए छन् र रहिरहनेछन्

यी सबै पाउनु नै अहोभाग्य होइन र ? नत्र किन यो सबै चीज सधैं र सबैलाई मिल्न सकेन? वा चिन्न सकेनन्

परिवर्तनका खुट्किलाहरु चढ्दै गर्दा यस्तै धेरै आमाहरु आज पहाडका भित्तामा एक्लै चुलो धुवाँइरहेका होलान्

 

हो तीनैमध्ये एक मेरी आमा पनि हुन्, उनी वृद्ध भएका बाको छेउमा आफ्ना सन्तानको याद धड्काइरहन्छिन्

किनकि उनी आमा हुन्, जननी हुन् मातृत्वको अनुभव मात्र होइन, उनले समाजका हर मान्यतालाई बोक्छिन्

आफ्ना रहर अनि चाहनाहरुलाई पोल्टाको थैलीमा पोको पारेर सन्ततिहरुलाई पलपल शुभेच्छा बाँडिरहन्छिन्

जन्मदिनमा ‘ह्याप्पी बर्थडे’ भन्दै सामाजिक सञ्जालमा फोटो उनीले नपोष्ट्याए पनि म ढुक्क छु

 हो उनै हुन् ती ममतामयी मेरी आमा, तपाईंकी आमा, अनि हामी सबैकी आमा

जो हरपल शुभकामना पोखिरहन्छिन् बाँडिरहन्छिन् ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?