+
+

दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १०:४८
Photo Credit : RSS

१९ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् ।

गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोमा परी गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर गौरीशंकर गाउँपालिका–७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी घाइते छन् । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष दावा शेर्पाका अनुसार पहिरोले टोपाटारका तीन घर पुरिएका थिए । सो ठाउँका अरु केही घर जोखिममा रहेका उनले बताए । स्थानीय घट्टे खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि आउ–जाउ गर्न पनि खटिन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?