+
+

सेयर लगानीकर्तामा बढ्दो निराशा, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १५:२८

१९ भदौ, काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ । बजार परिसूचक नेप्से घट्दै जाँदा लगानीकर्ताको सक्रियता पनि कमजोर बन्दै गएको हो । जसले गर्दा कारोबार रकम पनि घट्दै गएको छ ।

गत साताको बुधबार र बिहीबार तथा यो साताको आइतबार लगातार ३ कारोबार दिनसम्म घटेको नेप्से सोमबार समान्य सुधार हुँदा लगानीकर्तामा पनि केही उत्साह देखिएको थियो । जसले सोमबार कारोबार रकम पनि १ अर्ब माथि पुग्यो । तर, मंगलबार पुनः नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन आएको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.४५ अंकले गिरावट हुँदा १९६१.३७ को बिन्दुमा बन्द भएको छ । मंगलबार उत्पादनमूलक र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक उपसूचक ०.३८ प्रतिशत र व्यापार उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ ।

होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.७९ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.७६ प्रतिशत र हाइड्रोपावर उपसूचक ९०.६५ प्रतिशतले गिरावट भएको छ ।

मंगलबार नेप्सेमा २५ हजार २२७ वटा कारोबारमा २४ लाख ८० हजार ९२९ कित्ता सूचीकृत धितोपत्र किनेबचे हुँदा ७९ करोड ६९ लाखको सेयर कारोबार भएको छ । जसमध्ये हिमालय एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक ७ करोड ५९ लाखको कारोबार हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ९६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १५१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य१० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै नेरुडे लघुवित्तको सेयरमूल्य ९.८८ प्रतिशत र इङ्वा हाइड्रोपावरको सेयरमूल्य ७.३२ प्रतिशले वृद्धि भएको छ ।

आरबीबी म्युचुअल फण्ड २ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले गिरावट भएर भएर नकारात्मक सर्किट लेबलमा बन्द भएको छ । यस्तै आशा लघुवित्तको सेयरमूल्य पनि ७.६१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?