+
+

उदयपुर सिमेन्टको महाप्रबन्धक नियुक्ति प्रक्रिया सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १३:५०

२५ भदौ, काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले खुला प्रक्रियाबाट महाप्रबन्धक नियुक्तिका लागि २३ भदौमा सूचना प्रकाशन गरेको हो ।

सिमेन्ट उद्योगको महाप्रबन्धक हुन २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्न सक्छन् । मन्त्रालयकाअनुसार उद्योगको महाप्रबन्धक हुन सार्वजनिक निकायको प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन,अर्थशास्त्र, इन्जिनियरिङ्, कानुनमा विषयमा स्नातकोत्तर पास हुनु पर्छ ।

यस्तै कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा बसेर ५ वर्ष काम गरेको हुनुपर्छ ।
उद्योग मन्त्रालय मातहतको संस्थान तथा कार्यालयमा पदाधिकारी नियुक्ति निर्देशिका बमोजिम अयोग्य नरहेको उम्मेदवारले आवेदन दिन पाउने मन्त्रालयले जनाएको छ ।

आवेदकबाट योग्यता पुगेकाहरुलाई मन्त्रालयले अन्तिम छनोट सूची तयार गरेपछि व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन्छ । त्यसबाट अन्तिम छनोटमा परेका ३ उम्मेदवार मध्येबाट सिफारिस गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ । मन्त्रिपरिषद्ले योग्य उम्मेदवारलाई महाप्रबन्धक नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?