+
+

सेलिब्रेटीसँग सैलुङका चौंरी गोठमा बास, कति लाग्छ शुल्क ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १३:३२

३१ भदौ, काठमाडौं । दोलखा र रामेछापको सिमानामा रहेको आकर्षक पर्यटकीय गन्तव्य सैलुङमा चौंरी गोठमै बास बस्न पाउने गरी कार्यक्रम आयोजना हुने भएको छ ।

सैलुङमा स्पार्क कारले स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको हो । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौंरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।

११ असोजदेखि १३ गतेसम्म हुने स्पार्क एड्भेञ्चरमा सेलिब्रेटी, प्रशासनिक एवम् सुरक्षा निकायका अधिकारी सहभागी हुने भएका छन् ।

यस कार्यक्रममा क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, कलाकार निखिल उप्रेती, सन्दर्भ दिप क्षेत्री, दिलिप रायमाझी, गायक यशकुमार, गरिमा शर्मा तथा लेखक बुद्धिसागर, ट्राभलर सिर्जना सिज्जुलगायत उपस्थित हुने भट्टराईले जानकारी दिए ।

आयोजकका अनुसार ११ असोजमा बिहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ । १२ असोजमा चौंरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सांस्कृतिक कार्यक्रमसहित रैथाने खानामा रमाउने कार्यक्रम छ ।

आन्तरिक पर्यटनको खोजी गर्ने, चौंरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले कार्यक्रममा सहभागी हुन पाउने भएका छन् ।

हिमालको ‘पानारोमा भ्यू’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराईले बताए ।

कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ तोकिएको छ । वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेञ्चरलाई भविष्यमा पनि निरन्तरता दिइने संयोजक भट्टराईले बताए ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

वीवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?