+
+

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १६:४५

१४ असोज, काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।

यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?