+
+

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी बन्दै सर्वोत्तम सिमेन्ट, धितोपत्र बोर्डले दियो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १८:११

३० असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । २९ असोजमा धितोपत्र बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्काशन हुने सेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्काशन गर्न स्वीकृति दिएको उनले बताए ।

कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट लिएको आशयक मूल्यका आधारमा आधार मूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१ रुपैयाँ ५० पैसा र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी बोर्डमा आवेदन दिएको थियो । तर, उक्त मूल्य भन्दा कममा बोर्डले स्वीकृति दिएको हो ।

यससँगै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी हुने भएको छ । कम्पनीले स्वीकृति पाएसँगै योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्नेछ ।

योग्य संस्थागत लगानीकर्ताले दिएको आधार मूल्यको २० प्रतिशतको तलमाथि हुने माथिल्लो र तल्लो सीमाभित्र रहेर आवेदन दिने सक्नेछन् । यसरी आवेदन माग गर्दा योग्य संस्थागत लगानीकर्तालाई निष्काशन हुने सबै सेयर जुन मूल्यमा बिक्री हुन्छ सोही मूल्यलाई कटअफ मूल्य निर्धारण हुने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।

यसरी निर्धारण हुने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर सर्वसाधारालाई निष्काशन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकतालाई निष्काशन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको हो ।

यससँगै धितोपत्रको सार्वजनिक निष्काशनमा बुक बिल्डिङ विधिको ब्रेकथ्रु भएको धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमालले बताए । ‘नेपाल सरकारले मलाई अध्यक्षमा नियुक्ति गर्दा मैले यो प्रणालीलाई संस्थागत गर्छु भनेको थिएँ । त्यो पूरा भएको छ,’ उनले भने ।

सर्वोत्तम सिमेन्टको बुक बिलिडङ विधिमा आईपीओ निष्काशन र सोही कम्पनीको सेयर खरिद प्रकरणले नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त भएका थिए । उनि बर्खास्त भएसँगै ढुंगानाको बाँकी कार्यकालको लागि बोर्डको अध्यक्षमा हमाल नियुक्त भएका हुन । उनको २२ महिनाको कार्यकाल आगामी पुसमा सकिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?