+
+

घुम्न गएका युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १७:३३

२१ कात्तिक, बुटवल । भैरहवाबाट घुम्न आएका एक युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार भुतखोलामा रहेको पर्यटकीय स्थल (गहिरो दह) मा डुबेका आचार्यको उपचारको लागि अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

आचार्यसँगै घुम्न आएकी युना दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भुतखोलामा घुम्न जाने मध्ये कतिपयको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ । यहां रहेको गहिरो दहमा डुबेकाहरुको ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?