+
+

नेपाली जात्राहरुलाई विश्वस्तरमा चिनाउनुपर्छ : मन्त्री किराँती

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १२:३७

२८ कात्तिक, काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्व र जात्राहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा हजारौं हुने जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्ने बताए ।

‘नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ’, उनले भने ।

मन्त्री किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने धारणा राखे ।

उनले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?