+

कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?

२०८० मंसिर  १९ गते १५:५३ २०८० मंसिर १९ गते १५:५३
Shares
कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?

अनिद्रा एक रोग सरह हो । जबकि अहिले धेरैको निद्रा विथोलिएको छ । समयमा सुत्न वा निदाउन कठिन भइरहेको छ ।

यस्तो हुनुमा विविध कारण छ । तनाव, मनरोगदेखि अरु थुप्रै कुराले मान्छेको निद्रा विथोलिदिएको छ । जब मस्त निद्रा पुग्दैन के हुन्छ ?

यसले शरीरलाई शिथिल, कमजोर बनाउनेदेखि अरु थुप्रै समस्या निम्त्याउँछ । दैनिक कामकाज गर्न असहज हुन्छ । यस्तो अवस्थामा धेरैले खोज्ने एउटै साहारा हो, स्लिपिङ ट्याबलेट ।

सामान्य भाषामा बुझ्दा स्लिपिङ ट्याबलेटले निदाउन सहज बनाइदिन्छ । तर, यो साइड इफेक्टरहित छैन । यो निकै सावधानीपूर्वक प्रयोग गर्नुपर्ने औषधि हो । यदि जथाभावी प्रयोग गरिएमा ज्यान नै जानसक्ने पनि हुनसक्छ ।

त्यसैले चिकित्सकले यस्तो औषधि खानका लागि हत्तपत्त सुझाव दिदैनन् । यदि अनिद्राको कारण एकदमै जटिल समस्या हुनसक्ने देखिएमा मात्र निद्राको औषधि सिफारिस गरिन्छ ।

कस्तो अवस्थामा निद्रको औषधि खान भनिन्छ ?

कुनैपनि समस्याको कारण अनिद्राको समस्या भोगेका, रातमा निदाउनै नसक्ने, एक पटक व्युझिँएपछि निदाउनै नसक्ने, छटपटी हुने, एन्जाइटी एवं डिप्रेसनको समस्या भएकाहरुलाई यस्तो औषधि खानका लागि सिफारिस गरिन्छ ।

कुन समयमा खानुपर्छ

सामान्यतया निद्रा लाग्ने औषधि रातीको समयमा नै खाने सल्लाह दिइन्छ । राती सुत्नु अघि यो औषधि खानुपर्छ ।  तर, केही विशेष परिस्थितिमा छटपटी एकदमै धेरै छ भने बिरामीको अवस्था हेरेर बिहानको डोज पनि दिइन्छ ।

स्लिपिङ ट्याब्लेटले कसरी काम गर्छ

स्लिपिङ ट्याब्लेट मस्तिष्कमा रहेका ‘गाबा रिसेप्टर’हरूमा काम गर्छ, जसले हाम्रो दिमागको सतर्कतालाई विश्राम दिन्छ । यसले दिमागको क्रियालाई शान्त गराएर छटपटीलाई कम गर्छ । अनि निद्रा लगाउँछ ।

यसको साइड इफेक्ट के के छन्

चिकित्सकको सल्लाह बिना यो औषधिको प्रयोग गर्नु हुँदैन । सल्लाह बिना लामो समय यो औषधिको सेवन गर्दा यसको लत बस्न सक्छ ।

लामो समय देखी  यी औषधिहरूको सेवन गरिएको छ भने यसको लत बस्छ र औषधि नखाई निद्रा लाग्दैन । यो औषधि झट्ट छोड्दा बेचैनी र छटपटी हुने जस्ता थुप्रै समस्या पैदा हुन सक्छन् ।

धेरै व्यक्तिहरूलाई स्लीपिङ ट्याब्लेट खाएर सुतेको भोलिपल्ट दिनभरि आलस्य महसुस हुने, झुम्म हुने हुन सक्छ ।  किनकि यो औषधिको प्रभाव शरीरमा लामो समयसम्म रहन्छ ।

औषधिले बिरामीलाई झुम्म भएर शरीर पूर्ण सन्तुलनमा नहुने, भुल्ने समस्या पनि हुन सक्छ ।

दमको समस्या भएका बिरामीहरूमा यसको प्रयोगले अक्सिजन कम भएर श्वास प्रश्वासमा समस्या  हुने समस्या पनि हुन सक्छ ।

मनोचिकित्सक स्लिपिङ ट्याबलेट
डा. नवीन लेखक
लेखक
डा. नवीन लेखक
मनोचिकित्सक

मनोचिकित्सक डा. लेखक हाल ललितपुरस्थित पाटन अस्पताल र  अल्का अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमडी गरेका छन् । उनको नेपाल मेडिकल दर्ता नम्बर १२७२६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?