+

जो व्यक्ति ६ घण्टाभन्दा कम सुत्छ, मुटुरोग लाग्न सक्छ

२०८० मंसिर  २५ गते १५:५१ २०८० मंसिर २५ गते १५:५१
Shares
जो व्यक्ति ६ घण्टाभन्दा कम सुत्छ, मुटुरोग लाग्न सक्छ

निद्रा र मुटुको सम्बन्ध गहिरो छ । पुग्दो मात्रामा मस्त एवं गहिरो निद्राले मुटुलाई जवान राख्न सहयोग गर्छ । यसका लागि कम्तीमा ७ घण्टाको निद्रा अनिवार्य छ ।

जो व्यक्ति ६ घण्टाभन्दा पनि कम सुत्छ, उनीहरुलाई मुटुरोगको जोखिम उच्च हुन्छ ।

पुग्दो निद्रासँगै मुटुलाई जवान राख्ने अर्को मूल सर्त हो, व्यायाम । दैनिक शारीरिक व्यायाम गर्ने, दौडने, उफ्रने, योग गर्ने, ध्यान गर्ने व्यक्तिको मुटु पनि तन्दुरुस्त रहन्छ ।

मुटु स्वस्थ राख्नका लागि कम्तीमा हप्तामा पाँच दिन व्यायाम गर्न सकिन्छ । हरेक पटक ३० मिनेटको शारीरिक व्यायाम जरुरी हुन्छ । व्यायामले मुटुको मांसपेशीलाई बलियो बनाउँछ । त्यससँगै रक्तप्रवाहलाई सहज बनाउँछ, खराब कोलेस्टोरोल नियन्त्रण गर्छ, रक्तचाप सामान्य बनाउँछ ।

त्यसबाहेक तौल नियन्त्रण राख्ने, खराब खानपान त्याग्ने गरेमा मुटुलाई जीवनभर चुस्त, जवान राख्न सकिन्छ ।

कस्तो खानपानले मुटु रमाउँछ ?

मुटु रोग लाग्नु वा नलाग्नुमा खानपानको पनि मूल भूमिका छ । त्यसैले खानाको छनौटमा ध्यान दिन जरुरी छ ।

के हुन त मुटुमैत्री खाना ?

मुटुलाई स्वस्थ राख्न हरियो सागपात खानुपर्छ । हरियो सागपातमा भिटामिन, खनिज पदार्थ पाइन्छ । यसले रगत जम्न दिदैन । रक्तचाप सन्तुलित राख्न सहयोग गर्छ । फलतः मुटुको कार्यसंचालन सहज हुन्छ ।

फाइबरयुक्त खानेकुरा मुटुमैत्री मानिन्छ । फाइबरले रगतमा कोलेस्टोरोल र ग्लुकोजको मात्रा कम गराएर रक्तनलीमा खराब कालेस्टोरोल जम्मा हुन दिदैन । सागपात, गेडागुडी, जौ, फलफूल, गाँजर, काउली, केराउ आदि फाइबरको स्रोत हुन् ।

मासु खासगरी माछा, दाल आदि पनि दैनिक खानामा समावेश गर्न सके मुटुलाई फाइदा गर्छ ।

कस्तो खानपानले मुटु खराब गर्छ ?

यदि तपाईं मुटुलाई सधै स्वस्थ, बलियो राख्न चाहनुहुन्छ भने यसको अर्को सर्त हो, खराब खानपान त्याग । मुटुलाई हानि गर्ने तत्व हो, चुरोट एवं सुर्तीजन्य कुरा । धुम्रपान गर्ने पुरुषलाई तीन गुणा र महिलालाई ६ गुणा कोरोनरी हृदय रोग लाग्ने खतरा हुन्छ ।

यसैगरी रक्सीले पनि मुटुलाई दुःख दिन्छ । रक्सी पिउँदा रक्तचाप बढ्छ । कोलेसटेरिनको मात्रा उच्च हुन्छ । यसले मुटुरोगको खतरा बढाइदिन्छ ।

धेरै नुनयुक्त खानेकुरा पनि मुटुमैत्री होइन । चाहे दाल तरकारीमा होस् वा अन्य खानेकुरामा, नुनको मात्रा बढी हुँदा मुटुलाई हानि गर्छ । प्रशोधित, प्याकेटबन्द खानेकुराले मुटुलाई रोगी बनाउँछ ।

मुटुले कसरी काम गर्छ ?

सम्झनुहोस् त तपाईं रातदिन वा हरेक पल काम गर्नु परेमा के हुन्थ्यो होला । जबकि हाम्रो मुटुले कुनै विश्राम नलिई निरन्तर काम गरिरहेको हुन्छ ।

एक सामान्य मान्छेको मुटु औसत एक मिनेटमा ७२ देखि ८० पटक अर्थात् प्रति घण्टा ४ हजार ८ सय पटक, दिनमा १ लाख १५ हजार दुइ सय पटक र वर्षमा ४२ लाख ४८ हजार पटक धड्कन्छ । यदि कुनै व्यक्ति ८० वर्षसम्म बाँच्छ भने उसको जीवनमा उसको मुटु ३ अर्ब पटक धड्किन्छ ।

यसरी धड्किदै मुटुले २४ घण्टा नै अक्सिजन र पोषक तत्वयुत्त रगतलाई पम्प गरेर धमनीमार्फत तन्तु र शरीरका अन्य भागहरूमा पु¥याउने काम गर्छ  ।

मुुटुले रगत संचार गराएसँगै शरीरका तन्तुले अक्सिजन र रगत

मा मिसिएको गुलकोज, खनिज पदार्थ, क्यालसियम र सोडियम पानीको मात्रा प्राप्त गर्छ ।

मुटुले रत्तसंचार मात्र गराउदैैन । यसले रगतको प्रवाहलाई पनि नियन्त्रण गर्छ । अक्सिजन नभएको रगत ग्रहण गरेर त्यसमा अक्सिजन भरेर शरीरको मुख्य अंगमा प्रवाह गर्ने काम गरिरहेको हुन्छ । ताजा अक्सिजनयुक्त रगतलाई मुटुको बायाँ कोठाबाट शरीरका अन्य भागहरूमा पुनः पठाउँछ । शरीरभरि करिब ५.६ लिटर रगत संचार भैरहेको हुन्छ ।

 

मुटु मुटुरोग कसरी लाग्छ ? मुटुरोगबाट बच्न मुटुले कसरी काम गर्छ ?
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू