+
+

प्रतिकित्ता २०६ रुपैयाँमा हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ९:५७

२७ मंसिर, काठमाडौं । बुधबारदेखि सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ मूल्य तोकिएको छ । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । न्यूनतम संख्या (१० कित्ता) का लागि आवेदन दिन कम्तीमा २ हजार ६० रुपैयाँ बैंक खातामा मौज्दात हुनुपर्छ । अधिकतम भने ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणाली मेरोसेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?
बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ ।

आईपीओबाट रकम संकलनपछि कम्पनीको कुल सेयर पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । त्यसमा ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ सर्वसाधारण समूहमा आईपीओ जारी गरेर संकलन भइरहेको छ । बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको छ ।

गत असार मसान्तसम्म कम्पनीको बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
गत आर्थिक वर्ष कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।

यो पनि हेर्नुस्- हिमालयन रिइन्स्योरेन्स : कानुनले नै सुरक्षित गरिदिएको व्यापार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?