+
+

कञ्चनपुरमा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ९:०८

२ पुस, धनगढी । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् ।

चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?