+

जोर्नीको समस्याले रुवाउन सक्छ, कसरी स्वस्थ राख्ने ?

२०८० पुष  ४ गते ९:५३ २०८० पुष ४ गते ९:५३
जोर्नीको समस्याले रुवाउन सक्छ, कसरी स्वस्थ राख्ने ?

जोर्नी खिइने, दुख्ने वा संक्रमण हुने समस्या लिएर धेरैजसो अस्पताल आउँछन् । सामान्य लागेपनि शरीरलाई चलायमान राख्न जोर्नीका खास भूमिका हुन्छ । यदि जोर्नी नै नहुँदो हो त हाम्रो शरीरले यति चुस्त ढंगले काम गर्नै सक्दैनथ्यो ।

त्यसैले जोर्नीमा जब कुनै समस्या आउँछ, शरीरको कार्यसंचालन प्रभावित हुन्छ । त्यसैले जोर्नीको बारेमा सामान्य जानकारी राख्नु जरुरी हुन्छ । कसरी यसले काम गर्छ ? कस्तो अवस्थामा यो खराब हुनसक्छ ? यसलाई सही राख्न के कुराले भूमिका खेल्छ ?

जोर्नीले कसरी काम गर्छ ?

कुनैपनि जोर्नी खासमा शरीरलाई चलायमान राख्नका लागि जरुरी हुन्छ । यो छुटै अंग नभएर कुरकुरे हड्डी (कार्टिलेज), साइनोभियल फ्लुईड, मांसपेशी र टेन्डन (मांसपेशी र हड्डी जोड्ने) जस्ता तन्तुुहरुको समूह हो ।

हरेक जोर्नीलाई कुरकुरे हड्डीले ढाकेको हुन्छ । जोर्नीले हड्डी सर्न, एक आपसमा घर्षण हुन र आपसमा ठोक्किन दिदैंन । जोर्नीको ठिक बाहिरपट्टिमा कडा खालको लिगामेन्ट हुन्छ, जसको काम जोर्नीलाई बाँधेर राख्नु हो ।

त्यस्तै, जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको तरल पदार्थ पनि हुन्छ, जसलाई ‘साइनोभियल फ्लुईड’ भनिन्छ । स्वतन्त्र रूपमा चल्ने जोर्नीहरुलाई जाम हुन रोक्न जोर्नीको समुह कुरकुरे हड्डी, मांसपेसी, ‘कार्टिलेज’, ‘साइनोभियल फ्लुईड’ र टेन्डनले संयुक्तरुपमा मद्दत गर्छ ।

‘साइनोभियल फ्लुईड’सँगै ‘कार्टिलेज’को मद्दतले हिँडडुल गर्ने र हलचल गर्ने क्रममा घर्षण हुनबाट जोर्नीलाई बचाउनुका साथै राम्रोसँग चलाउन मद्दत गर्छ ।

मांसपेशीहरु हड्डीसँग जोडिएका बाक्लो र कडा खालको तन्तुलाई टेन्डन भनिन्छ । जोर्नी शरीरको सबै भागमा हुन्छन् । र, सबैतिर थरीथरीका जोर्नी बसेको हुन्छ ।

कुनै जोर्नी चल्ने खालका र कुनै नचल्ने खालको हुन्छन् । जस्तैः हातखुटट, कम्मर र गर्दनको जोर्नी चल्ने खालका हुन्छन् । त्यसबाहेक अधिकांश जोर्नी नचल्ने र हल्का चल्ने खालका हुन्छन् ।

जोर्नी किन जरुरी हुन्छ ?

हड्डीलाइ चलायमान राख्न जोर्नीले सहयोग गर्छ । त्यही कारण हामी निहुरिन, खुम्चन, उफ्रिन, हिँड्न, हातखुट्टा चलाउन, शरीरलाई मोड्न सक्छौं ।

शरीरको भागअनुसारको यसले काम गर्छ । जस्तै, हातखुट्टा चलाउने, हातले सामान समात्न, हिँडडुल गर्न, मेरुदण्डको जोर्नीले उठबस गर्न, निहुरिन, टाँउकोमा गर्दनमा रहेको र टाँउको तलमाथि गहेर्न र दायाबायाँ गर्न मद्दत गर्छ । जोर्नीमा थोरै समस्या मात्र आयो भने दुखाइ हुनुका साथै हातखुट्टा चलाउनपनि कठिन हुँदै जान्छ ।

जोर्नीलाई के कुराले असर गर्छ ?

जोर्नी बलियो र स्वस्थ बनाउन खानपिनको महत्व हुन्छ । जोर्नीमा रहेको तन्तु र यसका वरिपरि रहेको मांसपेशीको विकास र बनावटलाई सन्तुलनमा राख्न क्यालसियम, भिटामिन बी १२, म्यागनेसिम जस्ता पोषकतत्व जरुरी हुन्छ । यी पोषकतत्वको अभाव भएमा जोर्नी कमजोर हुन्छ ।

त्यस्तै, प्रोटिनयुक्त खानेकुरा शरीरमा आवश्यकभन्दा बढी भएमा युरिक एसिड एवं बाथ जस्ता समस्या बढ्ने जोर्नीमा गाँठो बन्न सक्छ ।

रक्सी र चुरोटमा हानिकारक निकोटिन हुन्छ । यो रसायनले जोर्नीलाई कमजोर बनाइदिन्छ ।

शारीरिक गतिविधि कम वा बढी हुनु

हड्डी र मांशपेसीलाई जति गतिशिल बनाउन सकिन्छ, त्यति नै बलियो हुन्छ । तर, शारीरिक गतिविधि कम भएमा रक्तसंचार राम्ररी हुँदैन । यसको सोझो प्रभाव जोर्नीमा पर्छ । रक्तसंचारमा बाधा उत्पन्न भयो भने गरी जोर्नी जाम हुने र कमजोर हुने जस्ता समस्या बढ्छ ।

अर्को भनेको चाहिने भन्दा बढी भार उठाइ जोर्नीले थेग्न नसक्दा चाप बढदै जोर्नीमा समस्या हुन्छ ।

जोर्नीलाई कमजोर बनाउने अर्को समस्या हो, मोटोपना । मोटोपनाको कारण शरीरको भार बढ्छ र त्यसलथाई थेग्नुपर्ने अवस्थामा जोर्नी खिइन सक्छ ।

जोर्नीमा के कस्ता समस्या हुन्छ ?

जोर्नी कमजोर भएमा उक्त भागमा दुख्न थाल्छ । पलेँटी कसेर बस्दा, हिँडडुल गर्दा, भ¥याङ चढ्दा वा ओर्लदा असहज हुन्छ । जोर्नी दुख्ने क्रम यथावत रहेमा त्यो दुखाई बढ्दै जान्छ र सहनै नसक्ने अवस्था हुन्छ ।

जोर्नीको समस्या आउनुमा जीवनशैली, खानपानसँगै उमेर पनि एउटा कारण हो । उमेर बढ्दै जाँदा पनि जोर्नी कमजोर हुँदै जान्छ । यसरी बुढ्यौलीसँगैमा हुने जोर्नीको समस्यालाई ‘ओस्टिओ आथ्र्राइटिस’ भनिन्छ ।

महिलामा यो समस्या प्रायः रजनोवृत्ति (महिनावारी सुकेपछि) भएपछि हुनसक्छ । पुरुषमा ५० वा ६० बर्षको उमेरपछि जोर्नी कमजोर हुनथाल्छ ।

के छ त उपचार ?

जोर्नी खिइने समस्या अहिले धेरैमा देखिएको छ । यसको उपचार जोर्नीको स्थिती वा जोर्नी कति खिइएको छ भन्ने टुंगो गरेर सोही अनुसार गरिन्छ । जोर्नी खिइन सुरु मात्र गरेको छ भने फिजियोथेरापी गर्ने, भिटामिनयुक्त खानेकुरा खाने । यति गरेर निको हुनसक्छ ।

मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड खोप दिइन्छ । यसले सुन्निएको र खिइएको जोर्नी कम गर्न मद्धत गर्छ ।

यदि यी दुबै उपचारले नहुने हो भने जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । जोर्नी प्रत्यारोपण जोर्नी खिइएको समस्याको अन्तिम विकल्प हो । प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर त्यसको ठाउँमा धातुको (कृत्तिम) जोर्नी प्रतिस्थापन गर्नु राख्नु हो ।

चोटपटको कारण जोर्नीको समस्या भएमा के गर्ने ?

सडक दुर्घटना, लडेर, झै–झगडा भएर पनि जोर्नीमा चोट लाग्न सक्छ । यस्तो अवस्थामा चोटको अवस्था हेरेर उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा भाँचिएको हड्डीमा पाता राख्ने, किला राख्ने, जोर्नी नै प्रत्यारोपण नै गर्नुपर्ने नै कुनै उपचार यसका साथै सबैजसोमा फिजियोथेरापीको जरुरत पर्दछ बाट मात्र हुन्छ भने कुनै पनि हुनसक्छ ।

जोर्नीको संक्रमण भएमा के गर्ने ?

क्षयरोग, ब्याक्टेरिया, भाइरस वा फंगसजन्य संक्रमण रगतको माध्यमबाट जोर्नीमा फैलिन सक्छ । बढीजसो बालबालिका वा रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुमा यो समस्या हुनसक्छ ।

जोर्नीको संक्रमण भएमा संक्रमणको कारण पत्ता लगाएर सो बिरुद्धको औषधि दिइन्छ । दीर्घकालिन र जटिल संक्रमण भएमा शल्यक्रिया गरी संक्रमण भएको भागको हड्डी निकाल्नु पर्ने पनि हुनसक्छ लिन्छ ।

जोर्नीमा बाथरोग भएमा के गर्ने ?

लगातार हातखुट्टाका स–साना जोर्नी सुन्निने र दुख्ने समस्या बाथरोग हो । बाथ रोग भएमा शरीररले जोर्नी बिरुद्धको हानिकारक एन्टिबडी (रोग वा समस्या विरुद्धको प्रतिरोधात्मक क्षमता) बनाउँछ । सो एन्टिबडढीले शरीरका विभिन्न भागको जोर्नी र कार्टिलेजहरु नष्ट गर्छ ।

यस्तो अवस्थामा प्रतिरोधी क्षमताले विस्तारै जोर्नीलाई नै नष्ट गर्ने खाने काम गर्छ । यसले छोटो समयमा नै जोर्नीहरुमा असर गर्छ । बाथ रोगले जोर्नी, तन्तुलाई मात्र होइन, दीर्घकालमा मुटु, फोक्सो र मिर्गौलालाई समेत असर गर्छ ।

बाथरोगका कारण को उपचार भनेको जोर्नी सुन्निएको भएमा केही औषधिले नियन्त्रण गर्न सकिन्छ र सुन्निएको कम गराउँछ । बाथरोग भएकाले दीर्घकालिन रुपमै औषधि खानुपर्ने हुन्छ । केही समय औषधि खाएसँगै जीवनशैलीमा पनि ध्यान दिनुपर्छ । मोटोपन नियन्त्रण गर्नुपर्ने हुन्छ । साथै फिजियोथेरापीको पनि जरुरत हुन्छ ।

युरिक एसिड भएमा के गर्ने ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर उत्पादन हुने एक प्रकारको रसायन युरिक एसिड हो । युरिक एसिड सामान्यतः रगतमा घुलेर रहेको हुन्छ, जुन कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर जान्छ । कतिपय अवस्थामा युरिक एसिड बढी उत्पादन हुन्छ, जुन जोर्नीमा गएर जम्मा हुन्छ । यही कारण जोर्नी दुख्ने, सुन्निने हुन्छ ।

युरिक एसिडलाई सन्तुलन राख्ने औषधि र खानपान (कम प्रोटिन र अमिलोयुक्त खाना) मा ध्यान दिनुपर्छ ।

जोर्नीलाई कसरी स्वस्थ, बलियो राख्ने ?

जोर्नीलाई हानि गर्ने र जोखिम पुर्‍याउने कारक तत्वबाट टाढा रहनु नै जोर्नीलाई बलियो बनाउने सर्वोत्तम उपाय हो ।

यसका लागि शारीरिक रुपमा सक्रिया हुने, व्यायाम गर्ने, भिटामिन डि, फस्फोरस तथा म्याग्नेसियमयुक्त खानपान गर्ने ।

एकै ठाउँमा लामो समयसम्म बस्ने (पलेँटी कसेर) वा एकदमै कडा शारीरिक श्रम गर्ने बानीले पनि जोर्नीलाई हानी गर्छ । यसलाई सुधार गर्ने । सारमा भन्नुपर्दा शरीरलाई समुचित ढंगले चलायमान राख्ने, चुरोट-रक्सी नखाने, नियमित व्यायाम गर्ने, धेरै गाह्रो काम नगर्ने, निकै गह्रुँगो भारी नबोक्ने, मोटोपना नियन्त्रण गर्ने, दिनमा केही समयमा घामको न्यानोमा बस्ने गर्नुपर्छ ।

जोर्नी खिइने जोर्नीलाई कसरी स्वस्थ बलियो राख्ने ?
डा. नवीन पौडेल
लेखक
डा. नवीन पौडेल
अर्थोपेडिक सर्जन

डा. पौडेल हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् । उनले अर्थोपेडिक तथा ट्रमा सर्जरीमा  एमएस र अर्थोप्लासी र सपोर्ट मेडिसिनमा फेलोसिप गरेका छन् । डा. पौडेलको नेपाल मेडिकल दर्ता नम्बर ११२८९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’