+
+

सेयर बजार ८.७१ अंकले घट्दा कारोबार रकम भने डेढ अर्बले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १५:१७

१९ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४९ विन्दुमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोडको भएको छ । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.१ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो ।

बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, नेपाल टेलिकमको ५.४, जानाकी फाइनान्सको ५.२ र युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?