+
+

ग्लोबल आईएमई बैंकद्वारा सिराहा र म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:२५

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशको म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

१७ औं वार्षिकोत्सवको अवसरमा सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर स्वास्थ्य चौकी र म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ पोखरे आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।

सुखीपुर स्वास्थ्य चौकीमा १७० र पोखरे आधारभूत बिद्यालयमा १८० जना भन्दा बढी महिलाहरुले स्वास्थ्य परीक्षण गराएको बैंकले जनाएको छ ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिने र उनीहरुलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?