+
+

कोरोनाको ४० लाख खोप इट्टाभट्टामा हालेर नष्ट गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते २०:१९

११ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा इट्टा भट्टामा राखेर नष्ट गर्ने तयारी गरिएको छ ।

चीन सरकारले निःशुल्क दिएको खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि सरकारले नष्ट गर्ने तयारी गरेको हो ।

चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो ।

साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको उक्त खोपको म्याद पुस ७ मा सकिएको छ ।

खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

‘सिनोभ्याक खोप बुस्टर डोजका लागि प्रयोग गर्न मिलेन । पहिलो र दोस्रो डोजका लागि प्रयोग गर्न सकिएन,’ डा. बुढाथोकीले भने, ‘अब नष्ट गर्ने तयारीमा छौं ।’

डा. बुढाथोकी अनुसार खोप मेसिन हालेर निर्मलीकरण वा अत्याधिक तापक्रम (इट्टाभट्टा) हालेर नष्ट गर्ने तयारीमा छलफल चलिरहेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीन सरकारको दबाबकै कारण उक्त खोप ल्याउन नेपाल बाध्य भएको थियो ।

विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले त्यसबेला सिनोभ्याकको सट्टा फाइजरको खोप लगाउन सुझाव दिएको थियो । डब्लुएचओले सिनोभ्याक खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको थियो ।

तत्कालीन समयमा अधिकांश मानिसले खोपको विश्वसनीयतालाई हेरी मोडेर्ना, कोभिसिल्ड तथा फाइजर खोप लगाएका थिए । जसका कारण सिनोभ्याक खोप प्रयोगमा आएको थिएन ।

विज्ञहरुले भने यति ठूलो मात्राको खोप खेर फाल्नु गम्भीर लापरबाही भएको बताएका छन् । अनुदानमा आएको खोप खेर मात्रै गएन, खोप व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट करोडौं खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?