+
+

शाखा अधिकृतको दोस्रो चरणको परीक्षामा ९ हजार जनाले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:२७

१५ फागुन, काठमाडौं । राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित भएको भएको छ । लोकसेवा आयोग मंगलवार २७ माघमा लिइएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२१ हजार २७ जना सहभागी भएको परीक्षाबाट ९ हजार २९३ जना दोस्रोका चरणका लागि छानिएका छन् । १४ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।

छनोट भएका परीक्षार्थीले साविककै प्रवेश पत्र प्रयोग गरेर दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोक्ने परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

यो परीक्षामा फाराम भरेकामध्ये झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका थिए । लोकसेवा आयोगले परीक्षार्थीको यस्तो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको थियो ।

खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ २७ गते (शनिबार) भएको थियो ।

शाखा अधिकृतका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?