+

प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

२०८० फागुन  २० गते १३:२८ २०८० फागुन २० गते १३:२८
प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ ।

बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका लागि राम्रो भनिन्छ । बच्चाको सुविधाका लागि धेरै कुरा प्रयोग गर्ने हाम्रो चलन छ । तर ती सबै उपलब्ध सामग्री बच्चाका लागि प्रयोग गर्नु ठीक नहुने चिकित्सकहरु बताउँछन् ।

बच्चाका लागि बनाइएका चारवटा चीज, जसको प्रयोगले उनीहरुमा स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ ।

बेबी वाकर

बेबी वाकर बच्चाको विकासमा हानिकारक हुन्छन् । वाकरले बच्चालाई हिंड्नका लागि उसको मांसपेशीहरू गलत रूपमा प्रयोग गर्न सिकाउँछ । यति मात्र होइन, वाकरको प्रयोगका कारण धेरै बालबालिका ढिलो हिंड्न थाल्छन्, किनभने वाकरको सहायताले हिंड्दा बच्चाले छिटो सन्तुलन सिक्न सक्दैनन् ।

वाकरको अत्यधिक प्रयोगले खुट्टा भित्रतिर झुक्छ, जसले बच्चाको खुट्टामा दबाब दिन्छ । धेरै अनुसन्धानका अनुसार वाकरको सहारा लिएर हिंड्ने बालबालिकाको विकास वाकर प्रयोग नगर्ने बालबालिकाको तुलनामा कम हुन्छ ।

गाजल

नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ । गाजलले बच्चाको आँखामा जलन हुने वा चिलाउने भएकाले गाजल प्रयोग नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् । गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ ।

गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने हुन्छ । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ । बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति पुग्न सक्छ ।

ट्याल्कम पाउडर ‘बेबी पाउडर’

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार बच्चालाई बेबी पाउडर लगाउनु अनिवार्य छैन । धेरै अध्ययनले देखाएका छन् कि पाउडर बच्चाको स्वास्थ्यका लागि फाइदाजनक छैन । यसको कण एकदमै सानो हुन्छ, जसले सासको माध्यमबाट शरीरमा प्रवेश गरेर बालबालिकाको फोक्सोलाई हानि पुर्‍याउँछ । ट्याल्कम पाउडरले बच्चालाई श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ र क्यान्सरको जोखिम समेत बढाउन सक्छ ।

अगरबत्ती

अगरबत्तीबाट निस्किने धुवाँले बालबालिकाको श्वासप्रश्वासमा अवरोध पुर्‍याउन सक्छ, जसले गर्दा श्वासनली साँघुरो हुन्छ र श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ । त्यसैले घरमा पूजा गर्दा तीन वर्षमुनिका बालबालिकालाई अगरबत्ती, हवन वस्तु आदिको धुवाँबाट टाढा राख्नु उपयुक्त हुन्छ । साथै ६ महिनामुनिका बच्चालाई लामखुट्टेबाट जोगाउन कोइला वा इलेक्ट्रोनिक लामखुट्टे रिपेलेन्टको प्रयोग गर्नु हुँदैन । यसबाट निस्किने धुवाँ पनि बच्चाको लागि हानिकारक हुन्छ ।

बच्चाका लागि कुनै पनि प्रकारको सामग्री किन्नु वा प्रयोग गर्नुअघि बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस्, ताकि बच्चाको स्वास्थ्यसँग सम्बन्धित कुनै पनि समस्या नहुन सक्छ ।

एजेन्सीको सहयोगमा

बालबच्चा बेबी वाकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय