+

प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

२०८० फागुन  २० गते १३:२८ २०८० फागुन २० गते १३:२८
प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ ।

बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका लागि राम्रो भनिन्छ । बच्चाको सुविधाका लागि धेरै कुरा प्रयोग गर्ने हाम्रो चलन छ । तर ती सबै उपलब्ध सामग्री बच्चाका लागि प्रयोग गर्नु ठीक नहुने चिकित्सकहरु बताउँछन् ।

बच्चाका लागि बनाइएका चारवटा चीज, जसको प्रयोगले उनीहरुमा स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ ।

बेबी वाकर

बेबी वाकर बच्चाको विकासमा हानिकारक हुन्छन् । वाकरले बच्चालाई हिंड्नका लागि उसको मांसपेशीहरू गलत रूपमा प्रयोग गर्न सिकाउँछ । यति मात्र होइन, वाकरको प्रयोगका कारण धेरै बालबालिका ढिलो हिंड्न थाल्छन्, किनभने वाकरको सहायताले हिंड्दा बच्चाले छिटो सन्तुलन सिक्न सक्दैनन् ।

वाकरको अत्यधिक प्रयोगले खुट्टा भित्रतिर झुक्छ, जसले बच्चाको खुट्टामा दबाब दिन्छ । धेरै अनुसन्धानका अनुसार वाकरको सहारा लिएर हिंड्ने बालबालिकाको विकास वाकर प्रयोग नगर्ने बालबालिकाको तुलनामा कम हुन्छ ।

गाजल

नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ । गाजलले बच्चाको आँखामा जलन हुने वा चिलाउने भएकाले गाजल प्रयोग नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् । गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ ।

गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने हुन्छ । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ । बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति पुग्न सक्छ ।

ट्याल्कम पाउडर ‘बेबी पाउडर’

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार बच्चालाई बेबी पाउडर लगाउनु अनिवार्य छैन । धेरै अध्ययनले देखाएका छन् कि पाउडर बच्चाको स्वास्थ्यका लागि फाइदाजनक छैन । यसको कण एकदमै सानो हुन्छ, जसले सासको माध्यमबाट शरीरमा प्रवेश गरेर बालबालिकाको फोक्सोलाई हानि पुर्‍याउँछ । ट्याल्कम पाउडरले बच्चालाई श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ र क्यान्सरको जोखिम समेत बढाउन सक्छ ।

अगरबत्ती

अगरबत्तीबाट निस्किने धुवाँले बालबालिकाको श्वासप्रश्वासमा अवरोध पुर्‍याउन सक्छ, जसले गर्दा श्वासनली साँघुरो हुन्छ र श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ । त्यसैले घरमा पूजा गर्दा तीन वर्षमुनिका बालबालिकालाई अगरबत्ती, हवन वस्तु आदिको धुवाँबाट टाढा राख्नु उपयुक्त हुन्छ । साथै ६ महिनामुनिका बच्चालाई लामखुट्टेबाट जोगाउन कोइला वा इलेक्ट्रोनिक लामखुट्टे रिपेलेन्टको प्रयोग गर्नु हुँदैन । यसबाट निस्किने धुवाँ पनि बच्चाको लागि हानिकारक हुन्छ ।

बच्चाका लागि कुनै पनि प्रकारको सामग्री किन्नु वा प्रयोग गर्नुअघि बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस्, ताकि बच्चाको स्वास्थ्यसँग सम्बन्धित कुनै पनि समस्या नहुन सक्छ ।

एजेन्सीको सहयोगमा

बालबच्चा बेबी वाकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?