+

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

२०८२ चैत  ६ गते १८:०२ २०८२ चैत ६ गते १८:०२
मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मुखको क्यान्सर ५० वर्षमाथिका पुरुषमा बढी देखिन्छ र धुम्रपान मुख्य कारण हो भने नयाँ बिरामी ३५.७१ प्रतिशतले वृद्धि भएको छ।

‘आजकलको व्यस्त जीवनशैलीमा हामी सबैले आफ्नो मुखलाई स्वस्थ राख्न सकिरहेका हुँदैनौं, जसको प्रत्यक्ष असर हाम्रो सम्पूर्ण शारीरिक स्वास्थ्यमा पर्न आउँछ । त्यसकारण स्वस्थ मुख नै स्वस्थ जीवन हो ।’

विश्व मौखिक स्वास्थ्य दिवस २०२६ को नारा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी लाइभ’ हो ।

आफ्नो बिग्रिएको दाँतले गर्दा मानिसहरूको भीडमा गएर बोल्न, हाँस्न डराउँछ, हिचकिचाउँछ । यसले गर्दा उसको मानसिक स्वास्थ्यमा समेत असर गरेको हुन्छ । अर्कोतिर हिनताबोध र आफैँले आफूलाई कमजोर ठानिरहेको हुन्छ ।

मुख स्वस्थ नराख्दा आइपर्ने समस्याहरू पनि थुप्रै छन् । हिजोआज साना बालबालिकादेखि बुढाबुढीसम्मको दाँतमा विभिन्न खालका समस्याहरू देखिन्छन् । दाँत सम्बन्धी समस्या र दुखाइले गर्दा मानिसको खानपान र सुताइको शैलीमा समेत असर गरी सम्पूर्ण शारीरिक स्वास्थ्यमा समेत नकरात्मक असर पर्दछ । आज करिब ३.७ अरब मानिसहरू विश्वव्यापी रूपमा कुनै न कुनै प्रकारको मौखिक रोगबाट ग्रसित रहेको पाइएको छ ।

हिजोआज अधिकांशका घरमा दाँत तथा मुख सम्बन्धी समस्या भएका व्यक्तिहरू भेटिन्छन् । किन हामीले यस्ता समस्या निरन्तर झेलिरहेका छौं भन्ने बारेमा विमर्श हुन जरुरी छ।

स्वास्थ्य क्षेत्रमा गरिएका नयाँ-नयाँ अनुसन्धानबाट मौखिम स्वास्थ्यको असरले आजको विश्वव्यापि रुपमा रहेको सुगर, प्रेसर, मानसिक रोग जस्ता जटिल समस्यामा प्रत्यक्ष सम्पर्क रहेको पाइएको छ । सानो-सानो समस्या र सामान्यता हेलचक्राई र लापरवाहीले दाँत तथा मुख सम्बन्धी समस्याहरु निम्तिने गरेका दृष्टान्तहरु पाइन्छ ।

विद्यालय तथा समुदायस्तरमा मुख स्वास्थ्यबारे सचेतना फैलाउने अभियानहरू चलाउनुपर्छ । मुखजन्य समस्या खासै केही हैन भन्ने आम प्रवृति र धारणामा परिवर्तन हुन जरुरी छ।

ओरल हेल्थ डे का अवसरमा विश्व डेण्टल फेडेरेशन तथा तत् सम्बन्धी निकाय र विभिन्न संघसंस्थाहरूले मौखिक स्वास्थ्य र यसको प्रत्यक्ष असर, सम्पूर्ण शारीरिक स्वास्थ्य, पोषणलाई समर्थन र मानसिक स्वास्थ्यमा पार्ने प्रभाव जस्ता विषयलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू गरिरहेका छन् । यसलाई समुदायस्तरमा लैजाने पहल जारी छ ।

मार्च २० लाई विश्व मुख स्वास्थ्य दिवसको रूपमा मनाइरहँदा विश्वव्यापी रुपमा जुन–जुन देश यस संस्थासँग आवद्ध छन् उनीहरूले आफ्ना–आफ्ना देशमा विविध कार्यक्रम गरी मनाउने गर्छन् । नेपालको सन्दर्भमा पनि नेपाल डेण्टल एशोसिएसनले देशव्यापी रूपमा निःशुल्क दन्त शिविरको आयोजनादेखि लिएर प्रचारप्रसार र दन्तरोगको निराकरणमा ठूलो भूमिका खेलेको छ ।

चितवन मेडिकल कलेजले मार्च महिनाभर नै नि:शुल्क डेन्टल ओपीडी सेवा देखि लिएर विविध र्‍यालीको आयोजना गरी सचेतना फैलाउने गरेको छ । रङ्गौली र प्लेकार्डको प्रदर्शन साथै अस्पतालमा विविध कार्यक्रमहरू जस्तै: वादविवाद, भिडियो प्रतियोगिता आयोजना गरिएको छ ।

खराब मौखिक स्वास्थ्यले गिजा तथा दाँतको समस्या मात्र नभई हाम्रा शरीरका मुख्य प्रणालीहरू जस्तैः रक्तसञ्चार प्रणाली, स्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, स्नायु प्रणालीमा समेत प्रभाव पार्दछ ।

एउटा अध्ययनमा के देखिएको छ भने, नेपालमा मुखको क्यान्सर एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । शरीरका अंगहरूमा लाग्ने क्यान्सर मध्ये मुखको क्यान्सर पनि प्रमुख रुपमा पर्दछ । मुख्यतया ५० वर्षभन्दा माथिका पुरुषहरूमा धेरै असर पाइएको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको अत्यधिक सेवन यसको मुख्य कारण मान्न सकिन्छ ।

२०१८–२०१९ को बीमा गरिएको अध्ययनमा करिब ३५.७१ प्रतिशत नयाँ मुखको क्यान्सरका बिरामीहरू थपिएको पाइएको छ । जुन दिन प्रतिदिन थपिदै जाने क्रममा छ । जसमा पुरुषहरूको अनुपात करिब ६६.७ प्रतिशतदेखि ७४.५ प्रतिशतको बीचमा पाइएको छ । क्यान्सरको कारणले एकातिर शारिरीक रुपमा पार्ने असर त छँदैछ, अर्कोतिर मानसिक र पारिवारिक असर पनि उत्तिकै हुने गर्दछ ।

मौखिक स्वास्थ्यको लागि खाना खाइसकेपछि दिनको २ पटक नियमति ब्रस गर्ने, बढी गुलियो खाने कुराहरु कम गर्ने र खाइसकेपछि मुख कुल्ला गर्ने, स्वस्थ सन्तुलित भोजन सेवन गर्ने, नियमित रुपमा हरेक ६÷६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिने गर्नु आवश्यक छ ।

धुम्रपान, सुर्तीजन्य पदार्थ र मध्यपानको सेवन नगर्ने र आफ्ना बालबालिकालाई पनि मुख स्वस्थ राख्न प्रेरित गर्नुपर्दछ । यस्ता बानी र क्रियाकलापहरूले मुख तथा दाँत सम्बन्धी रोगको समयमा नै पहिचान, उपचार हुन सक्छ ।

(डा. खतिवडा चितवन मेडिकल कलेजमा कार्यरत छन् । )

मुख स्वास्थ्य
लेखक
डा. महेश खतिवडा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?

एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?

कसरी बनाइन्छ ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम

कसरी बनाइन्छ ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

पिसाब परीक्षण गर्दा कुन–कुन रोग पत्ता लाग्छ ?

पिसाब परीक्षण गर्दा कुन–कुन रोग पत्ता लाग्छ ?