+
+

कोशी मन्त्रिपरिषद बैठक धनकुटा सम्पर्क कार्यालयमा, यस्ता छन् निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २१:१५

१३ चैत, विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा बसेको मन्त्रिपरिषद बैठकले तीन वटा निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मायाको चिनो वा उपहार प्रदान गर्दा प्रदेशमा उत्पादन भएका jस्तुलाई प्रोत्साहन गर्नेसहित तीन वटा निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका अनुसार प्रदेशका सबै सार्वजनिक निकायले पाहुनाहरुलाई कोसेलीको रुपमा केही वस्तुहरु दिनुपर्दा, सार्वजनिक कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दा तथा कर्मचारीको स्वागत र  बिदाइमा दिइने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय गरेको हो ।

बैठकले किरात समुदायको धार्मिक स्थल खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषदको बैठक महिनाको एकपटक धनकुटामा बस्ने निर्णय गरेको उनले बताए ।

कोशी प्रदेशको राजधानी विराटनगर घोषणा हुँदा धनकुटामा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको थियो । तर कार्यालयमा यसअघि बैठक बसेको थिएन ।

सम्पर्क कार्यालयमै मंगलबार नै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको थियो । बैठकले आगामी जेठ ७ ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गरेको छ ।

सम्मेलनका लागि निर्देशक समिति गठन पनि गर्ने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले जानकारी दिए ।

बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?