+

तीनमध्ये एक जनामा स्नायुरोग, जोखिम कम गर्न के गर्ने ?

२०८० चैत  १९ गते १२:०७ २०८० चैत १९ गते १२:०७
तीनमध्ये एक जनामा स्नायुरोग, जोखिम कम गर्न के गर्ने ?

विश्वभर नै स्नायु रोगबाट पीडित हुनेको संख्या बढिरहेको छ । द ल्यान्सेट न्युरोलोजीको नयाँ अध्ययनअनुसार विश्वमा ३ अर्ब ४० करोड भन्दा बढी मानिसमा स्नायुसम्बन्धी कुनै न कुनै समस्या छ । त्यति मात्र होइन, यी रोगले मानिसलाई बिस्तारै शारीरिक रुपमा अशक्त बनाउने प्रमुख कारण बनिरहेको छ ।

सरल भाषामा बुझ्ने हो भने हरेक तेस्रो व्यक्ति न्युरोलोजिकल समस्याको सिकार भएका छन् । द ल्यान्सेट न्युरोलोजीको यस अध्ययनको तथ्यांक विश्लेषणमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

संगठनको अनुसार सन् २०२१ को ग्लोबल बर्डन अफ डिजिज, इन्जुरिज एण्ड रिस्क फ्याकटर स्टडी (जीबीडी)बाट प्राप्त तथ्यांकबाट उक्त जानकारी प्राप्त भएको हो । यस्ता बढ्दै गएको स्नायुसम्बन्धी समस्याले अकालमै मृत्यु हुने संख्यामा वृद्धि गरिरहेको छ । यस्तो अकाल मृत्यदर स्नायुसम्बन्धी सेवा सीमित भएका कम आय स्तर भएका देशहरुमा बढिरहेको छ ।

स्ट्रोक, अल्जाइमरजस्ता रोगमा व्यापक वृद्धि

तथ्यांकसहितको जीबीडीको रिपोर्टमा सन् १९९० देखि २०२१ मा भएको अध्ययनअनुसार २०० देश र त्यसको आसपासको क्षेत्रमा ३७१ रोग पाइएको देखिएको छ ।

यस अध्ययनका अनुसन्धानकर्ताले स्नायु प्रणालीमा प्रभावित पारेर भइरहेको स्वास्थ्यलाई असर पार्नेमा ध्यान केन्द्रित रहेर अध्ययन गरेका थिए । जसमा स्नायुसम्बन्धी रोग र स्नायु विकाससम्बन्धी समस्या दुवै समावेश थिए ।

तीमध्ये स्ट्रोक, अल्जाइमर, अटिज्म स्पेक्ट्रम डिसअर्डर, इन्सेफाइलिटिज एण्ड मेनिनजाइटिस पार्किन्सन्स रोग प्रमुख हुन् । अध्ययनकर्ताहरुले स्नायुसम्बन्धी प्रकृति नभएका व्यक्तिमा पनि स्नायु प्रभावबारे अध्ययन गरेका थिए ।

स्नायु रोग भएकाहरुमा गरिएको अध्ययनमा उनीहरुमा अपांगतासँगै मृत्यु भएको घटनाको पनि विश्लेषण गरिएको थियो । उनीहरुले के कस्ता स्वास्थ्य समस्या भोगे त्यसबारे पनि विश्ले गरिएको थियो । त्यति मात्र होइन, उनीहरुमा स्नायुसम्बन्धी कुन भागमा समस्या छ त्यसमा पनि ध्यान दिए ।

उनीहरुले विश्व बैंकको आयस्रोतको सूची प्रयोग गरी मध्यम आय र निम्न आयस्रोत भएका देशका त्यस्ता बिरामीलाई विभाजन गरेका थिए । ती बिरामीमा गरिएको अध्ययनअनुसार १० स्नायुरोगले शारीरिक अशक्तता निम्त्याएको देखिएको थियो ।

जीबीडी रिपोर्टको आधारमा १० शीर्ष न्युरोलोजिकल अवस्थाहरू पहिचान गरेका छन् । जसले स्वास्थ्य सेवामा चिकित्सक तथा सर्वसाधारणलाई यी रोगबारे अवागत गरायो । यी शीर्षरोगमा स्ट्रोक, नवजात इन्सेफ्यालोप्याथी, माइग्रेन, अल्जाइमर रोग,  डिमेन्सिया, मधुमेह न्युरोप्याथी, मेनिन्जाइटिस, छारेरोग, मितिअगावै जन्मका कारण न्युरोलोजिकल जटिलताहरू, अटिजम स्पेक्ट्रम रोग र स्नायु प्रणालीको क्यान्सर शीर्ष समावेश थिए । विश्वको जनसंख्याको ४३.१ प्रतिशत मानिसमा यो समस्या छ ।

अध्ययनकर्ता तथा स्नायुरोग विशेषज्ञ डा. मुहम्मद अर्साद भन्छन्, ‘यस्ता रोग बढ्नुको पछाडि यी रोगको पहिचानको दायरामा नआउनुका साथै भौगोलिक र अर्थतन्त्र कमजोर भई स्वास्थ्यको पहुँच नहुनु पाइएको छ ।’

डब्लुएचओले यस्ता रोगको निवारण गर्न स्वास्थ्य सेवाको पहुँचलाई बढाउनुपर्ने उल्लेख गरेको छ ।

यस्ता समस्यालाई रोकथाम गर्न सकिन्छ ?

यो अध्ययनको उद्देश्य नै स्नायुरोगको पहिचान तथा रोकथामको लागि ध्यानाकर्षण गराउनु हो । जेरियार्टि साकियाट्रिक तथा प्यासिफिक न्युरोसाइन्स इन्टिच्युट प्यासिफिकका निर्देशक डा. डेभिड मेरील भन्छन्, ‘दीर्घ स्नायु अवस्था अहिले विश्वव्यापी रुपमा बिरामी र अपांगता बनाइरहेको छ, जब हामी स्वस्थ हुन्छौं । तब हामी यस्ता रोग विरलै छ भन्ने लाग्छ । तर हाम्रो अध्ययनले तीन जनामध्ये एकमा स्नायुरोग पाइएको देखिन्छ ।’

उनका अनुसार केही वर्षमा बढ्दै गएको औसत आयुले यी रोगको संख्या बढिरहेको छ । डब्लुएचओका अनुसार उमेरको दर बढ्दै जानु पनि यस्ता रोग बढ्नुको मुख्य कारण हो । किनकि यो रोग बुढेसकालमा देखिन्छ । तर सन् २००० मा ६६.८ रहेको २०१९ मा विश्वको सरदर आयु ७३.४ पुगिसकेको छ ।

यसको अर्थ औसत आयु कम हुँदा यस्ता रोग लाग्नेको संख्या कम हुन्थ्यो । तर उमेर बढ्दै गएपछि अन्य अंग जस्तै स्नायु अंगको कार्यक्षमता पनि कम हुन्छ । र, यस्ता समस्या देखिने गरेको छ ।

डा. मेरीलल मानिसले चाहे केही स्नायु रोगको रोकथाम गर्न सकिने बताउँछन् । ‘हाम्रो दैनिक जीवनशैलीमा केही फेरबदल गर्दा दीर्घ खालका स्नायुरोगको जोखिम कम गर्न सकिन्छ । जीवनशैली परिवर्तन गर्न हामीले दैनिक व्यायाम, समाजमा घुलमिल हुने, वार्षिक स्वास्थ्य परीक्षण, दिमाग तेज पार्न संज्ञात्मक जागरुकता र  स्वस्थ तथा सन्तुलित भोजनमा ध्यान दिनुपर्छ,’ डा. मेरीलल भन्छन् ।

फेमिली फिजिसियन डा. डेबिड कल्टरले स्नायु रोगको उपचारभन्दा पनि लाग्न नदिने रोकथाममा जोड दिनु पर्ने तर्क राख्छन् । ‘कतिपय स्नायु रोगको उपचारपछि निको हुने सम्भावना कम हुन्छ । त्यसैले यी रोग लाग्न नदिन के गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ,’ डा. कल्टर भन्छन्, ‘स्ट्रोकको उपचारका लागि खर्चिलो इन्टभेन्सन उपचारमा जोड दिनु सट्टा हामीले उच्च रक्तचाप र कोलेस्टोरोललाई कसरी नियन्त्रण गर्ने त्यसमा ध्यान हुनुपर्छ ।’

मेडिकल न्युज टुडेबाट

स्नायुरोग स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम

नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम