+

कति स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

२०८१ असार  ४ गते ११:१४ २०८१ असार ४ गते ११:१४
कति स्वस्थ हुनुहुन्छ  ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु भनेको सामान्य अवस्था मान्न सकिंदैन ।

पिसाबको माध्यमबाट हाम्रो शरीरले फोहोर पदार्थ बाहिर निकाल्छ । यसले शरीरमा प्रोटिन, मांसपेशी र रातो रक्तकोषिकाहरू मिसिएर बन्ने नाइट्रोजनयुक्त फोहोर पनि बाहिर निकाल्छ ।

त्यसबोहक हामीले खाएको भिटामिन र औषधि जस्ता अन्य धेरै तत्व पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ ।

यस्ता कतिपय तत्व हुन्छन्, जुन पिसाबमा हुनुहुँदैन । त्यसैले कुनै स्वास्थ्य समस्या लिएर जाँदा चिकित्सकले प्राय: सोध्ने प्रश्न हो ‘तपाईंको पिसाबको रङ कस्तो छ ?

यो प्रश्नको जवाफबाट नै चिकित्सकलाई स्वास्थ्य अवस्था कस्तो छ र कस्तो उपचार गर्न सकिन्छ ? भनेर मोटामोटी अनुमान गर्न सहज हुन्छ ।

रातो रङ

यदि पिसाबको रङ रातो छ भने यसमा रगत बगिरहेको अवस्था भन्ने संकेत गर्छ । यो पिसाब प्रणालीसँग सम्बन्धित शरीरको कुनै पनि भागमा समस्याको कारण हुनसक्छ । मिर्गौला, मूत्राशय, प्रोस्टेट र पिसाबनलीमा जोडिएको कुनै नलीमा रगत बगेमा पिसाब रातो हुनसक्छ ।

त्यस्तै, पिसाबको माध्यमबाट रगत कसरी निस्कन्छ भन्ने कुरा धेरै शारीरिक अवस्थामा निर्भर रहन्छ । उदाहरणका लागि पिसाब र त्यसमा देखिने रगतको मात्रा कति छ ? हेर्दा कतिको ताजा छ ? र, पिसाब गर्दा अन्य समस्या पनि छन् कि ?

यदि धेरै मात्रामा रगत बगिरहेको छ भने पिसाबको रङ ‘रेड वाइन’ जस्तो देखिन्छ ।

यस्तो रक्तस्राव धेरै कारणले हुनसक्छ । जस्तै- मिर्गौलाको पत्थरी, क्यान्सर, आघात, पिसाबनलीमा कुनै पनि संक्रमण । आवश्यकभन्दा बढी चुकन्दर खाँदा पनि  पिसाबको रङ रातो हुनसक्छ ।

सामान्य परिस्थितिमा हाम्रो पिसाब पहेंलो रङ र सुन्तलाको रङ जस्तो देखिन्छ । हामीले कति पानी पिउँछौं, त्यसमा पनि भर पर्छ ।

जति जति पानीको कमी हुँदै जान्छ, पिसाबको रङ गाढा पहेंलो हुने र कहिलेकाहीं सुन्तला रङको हुने गर्छ ।

पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्दा पिसाबको रङ पातलो र फिक्का पहेंलो हुन्छ । पिसाबलाई पहेंलो बनाउने तत्त्वलाई ‘युरोबिलिन’ भनिन्छ ।

यसको निर्माण प्रक्रिया शरीरमा रहेको पुरानो रातो रक्तकोषिकाहरूको टुक्रिएर सुरु हुन्छ । राम्रो आकारमा नरहेको उक्त रक्तकोषिकाहरू शरीरको प्रणालीबाट हटाउन आवश्यक छ ।

यस प्रक्रियामा एक यौगिक बन्छ, जसलाई बिलिरुबिन भनिन्छ । यो केही हदसम्म पिसाबको बाटो र केही हदसम्म आन्द्राको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ । हाम्रो कलेजोमा बिलिरुबिनको प्रयोग खाना खाँदा निस्कने पित्तको निर्माणमा हुन्छ । यो पित्त पाचन र शरीरमा बोसो टुक्राउन मद्दतको लागि महत्वपूर्ण छ ।

पित्त आन्द्रामा रहन्छ र मलको माध्यमबाट बाहिर जान्छ । यही पित्तको कारण दिसा खैरो रङको देखिन्छ । पित्त आन्द्रासम्म पुग्न नसक्ने अवस्था पनि हुनसक्छ, जसलाई पित्त पत्थरी वा पित्त नलीहरूलाई रोक्ने क्यान्सर हुने संकेत गर्छ । यो अवस्थामा बिलिरुबिन फर्किएर रक्तनलीमा पुग्छ । र, पिसाबको माध्यमबाट बाहिर आउँछ ।

यसकारण रङ सुन्तला वा खैरो देखिने गाढा हुन थाल्छ । बिलिरुबिनको मात्रा बढ्यो भने छालाको रङ पनि पहेंलो हुन थाल्छ । शरीरको यस्तो अवस्थालाई ‘अब्स्ट्रक्टिव जण्डिस’ अर्थात् एक प्रकारको जण्डिस भनिन्छ ।

यस्तोमा बिलिरुबिनको मात्रा बढ्दै गएमा अनुहारको रङ पहेंलो हुँदै जान्छ । यो अवस्थालाई एन्टिबायोटिक रिफेम्पिसिन समेत केही औषधिले पनि पिसाब सुन्तला रङको हुनसक्छ ।

हरियो र नीलो

हरियो र नीलो रङ देखिने अवस्था कमै मात्रामा देखिन्छ । यदि शौचालयमा पिसाब गर्ने समयमा हेर्दा पिसाबको रङ हरियो वा नीलो भएको देखेमा व्यक्ति अचिम्मत पर्न सक्छ ।

यदि कुनै खानेकुरालाई रङ दिन हरियो वा नीलो रङ प्रयोग गरिएको छ भने पिसाबको रङ हरियो वा नीलो हुनसक्छ । अत्याधिक मात्रामा त्यस्ता खानेकुरा खाँदा यस्तो पिसाब आउन सक्छ ।

एनेस्थेटिक्स, भिटामिन, एन्टिहिस्टामाइन जस्ता केही औषधिको सेवनले पनि पिसाबको रङ हरियो वा नीलो हुनसक्छ । केही ब्याक्टेरियाले पनि यौगिकहरू बनाउँछन्, जसको रङ हरियो हुन्छ ।

स्युडोमोनास एरुगिनोसा नामक ब्याक्टेरियाले नीलो र हरियो रङको प्योसायनिन पदार्थ उत्पादन गर्छ ।

पिसाबमा संक्रमण एक दुर्लभ अवस्थामा यो देखिन सक्छ । यस्तो अवस्थामा पिसाब गर्दा पोल्ने र दुख्ने हुनसक्छ ।

female stomachache Because Poisonous food

बैजनी

यो अवस्था पनि कमै देखिन्छ । यसको एक सम्भावित कारण पोर्फिरिया हो । यो एक आनुवंशिक रोग हो, जसले छाला र स्नायु प्रणालीलाई असर गर्छ ।

यसको दोस्रो कारण पर्पल युरिन ब्याग सिन्ड्रोम भनिने दुर्लभ रोग हो । जुन पिसाबको संक्रमणका कारण हुन्छ ।

यस्तोमा क्याथेटर (शरीरबाट पिसाब निकाल्न चिकित्सकीय रूपमा प्रयोग हुने उपकरण) प्रयोग गर्दा पनि पिसाब बैजनी बनाउँछ ।

गुलाबी

थोरै मात्रामा चुकन्दरको सेवनले पिसाबको रङको गाढा रातो हुनुको सट्टा गुलाबी हुनसक्छ । यस्तो अवस्थामा युरोलोजिस्टले यसलाई रेड वाइनसँग तुलना गर्छन् ।

पिसाबको अन्य रंगहरू हुनसक्छन्, जुन इन्द्रेणीको भाग होइन । कतिपयको रंग गाढा हुन्छ । सामान्यतया खैरो वा कालो । जब यो हुन्छ, डाक्टरले यसलाई कोकाकोलासँग तुलना गर्न सक्छन् ।

अन्य रोग

पिसाबको रङ खैरो वा कालो पनि हुनसक्छ, जसलाई चिकित्सकले कोकाकोलासँग तुलना गर्न सक्छन् । कहिलेकाहीं मांसपेशीहरू विघटित भएर मायोग्लोबिन नामक यौगिकमा रूपान्तरण हुँदा यो रङ देखिन्छ । जुन रब्डोमयोलिसिस नामक गम्भीर रोगको संकेत हो । त्यसैले अत्याधिक परिश्रम वा केही औषधिको प्रयोग हुनसक्छ ।

त्यस्तै, बिलिरुबिनले गर्दा पनि कालो र खैरो जस्ता रङ आउन सक्छ । बिलिरुबिनले पिसाबलाई यति कालो बनाउँछ कि हेर्दा कालो र खैरो दुवै रंग जस्तो देखिन्छ ।

मिर्गौला सुन्निने समस्यामा (ग्लोमेरुलोनेफ्राइटिस)मा पनि यस्तो रङ देखिन सक्छ । जसकारण पिसाब नलीमा जाँदा पिसाब रातो देखि खैरो रङमा परिणत हुन्छ र कहिलेकाहीं पिसाब रंगहीन हुनसक्छ ।

पिसाब गाढा पहेंलो रङको हुनुहुँदैन । त्यस्तै, धेरै मात्रामा पातलो पिसाबले पनि केही रोगलाई संकेत गर्न सक्छ । चाहे त्यो मधुमेहको कारणले होस् वा अत्याधिक मदिरा सेवनको कारणले ।

यसले हाम्रो पिसाबको कति फरक रङ हुनसक्छ र यसले कति फरक समस्या संकेत गर्न सक्छ भनेर देखाउँछ । र, यो कुनै पनि हिसाबले हरेक समस्याको सूची होइन ।

तर पिसाबको रङ परिवर्तन हुनुका कारण बुझेर पानी पिउने वा चिकित्सकलाई भेट्ने निर्णय गर्न सहयोग पुग्छ ।

बीबीसीबाट

पिसाब पिसाबको रङ स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ग्यास्ट्रिक हुँदा खाइने प्यानटपले कसरी काम गर्छ ?

ग्यास्ट्रिक हुँदा खाइने प्यानटपले कसरी काम गर्छ ?

उच्च रक्तचापलाई खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ ?

उच्च रक्तचापलाई खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?