+

कण्डममा हुने हानिकारक रसायनले क्यान्सर र बाँझोपनको जोखिम : अध्ययन

२०८१ साउन  १८ गते १८:३४ २०८१ साउन १८ गते १८:३४
कण्डममा हुने हानिकारक रसायनले क्यान्सर र बाँझोपनको जोखिम : अध्ययन

सुरक्षित यौन सम्पर्कका लागि प्रायः कण्डमको प्रयोग गरिन्छ । जुन राम्रो बानी हो । यसले यौन सञ्चारित रोगहरूका साथै एचआईभी जस्ता अन्य यौन सञ्चारित रोगको जोखिम पनि कम गर्छ ।  त्यस्तै विभिन्न प्रकारको लुब्रिकेन्ट यौन सम्पर्कको बेला हुने जलन कम गर्न प्रयोग गरिन्छ । तर यिनीहरूको प्रयोगले विभिन्न समस्या पनि निम्तन सक्छ । कण्डम र लुब्रिकेन्ट प्रयोग गर्ने व्यक्ति क्यान्सर र बाँझोपनबाट ग्रस्त हुनसक्छन् ।

ण्डम र लुब्रिकेन्टमा हानिकारक रसायन

पर्यावरण संरक्षण एजेन्सीद्वारा एउटा अध्ययन गरिएको थियो, जसले धेरै राम्रा र प्रसिद्ध ब्रान्डका कन्डम र लुब्रिकेन्टहरूले हानिकारक रसायन प्रयोग गरेको उल्लेख गरेको छ । अध्ययनअनुसार तिनीहरूलाई बनाउनमा ‘पीएफएस’ १५ हजार सिंथेटिक रसायनहरूको समूह प्रयोग गरिन्छ । यी रसायन धेरै ब्रान्डका अल्ट्रा–थिन कन्डम र जेली लुब्रिकेन्टहरूमा पाइने पुष्टि भएको छ । ‘पीएफएस’सामान्यतया कन्डमहरूमा तिनीहरूको नरमपना र तरलता कायम राख्न प्रयोग गरिन्छ ।

क्यान्सर हुनसक्छ

‘पीएफएस’मा गरिएका केही अध्ययनअनुसार यसको एक्सपोजरले क्यान्सरको जोखिम पनि बढाउँछ ।  कहिलेकाहीं यसले अण्डकोषको क्यान्सरका साथै मिर्गौलाको क्यान्सर पनि निम्त्याउन सक्छ । कतिपय अवस्थामा यसको अत्यधिक प्रयोगले बाँझोपनसम्बन्धी समस्या पनि निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । साथै यस रसायनको एक्सपोजरले प्रोस्टेट क्यान्सरका साथै स्तन क्यान्सरको जोखिम बढाउँछ । इन्डोमेट्रियल क्यान्सर बाहेक यसले थाइरोइड क्यान्सर पनि निम्त्याउन सक्ने पाइएको छ ।

पीएफएस’ले गर्ने अन्य हानि

कण्डम तथा लुब्रिकेन्टमा हुने यी रसायनको सम्पर्कमा आएर पुरुष र महिला दुवैमा विभिन्न समस्या निम्तन सक्छ ।

विज्ञहरूका अनुसार हप्तामा दुई पटकभन्दा बढी कण्डमको प्रयोग गरेमा योनीको भित्री तह र झिल्लीमा रहेको संवेदनशीलता बिस्तारै गुम्न थाल्छ । जसकारण महिलाको योनीबाट तरल पदार्थको स्राव कम हुन्छ वा पूर्ण रूपमा बन्द हुन्छ, जसले योनीमा दुखाइ वा सुक्खापन निम्त्याउन सक्छ ।

विज्ञहरूका अनुसार‘पीएफएस’को एक्सपोजरले शुक्राणुको संख्यालाई असर गर्छ, जसले बाँझोपन निम्त्याउन सक्छ । ‘पीएफएस’ को एक्सपोजरले कलेजो क्षतिको साथै थाइराइड समस्या निम्त्याउन सक्छ ।

यो केमिकलले कहिलेकाहीं रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनुका साथै अन्य समस्या पनि निम्त्याउन सक्छ ।

कण्डम लुब्रिकेन्ट स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग