+
+
Shares

गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १५:३२

३१ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार ४०/४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए ।

दुर्घटनापछि आक्रोशित मानिसहरुको भिड जम्मा भएको छ । उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले सवारी आवागमन प्रभावित भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?