+
+
Shares

मनमोहन प्राविधिक विश्वविद्यालय औषधि बनाउन खोज्दैछ, सरकार हेर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते ८:००
कार्यकक्षमा उपकुलपति सुभाषश्री पोखरेल ।

विश्वविद्यालय सञ्चो, भिक्स र बाम जस्ता वस्तु उत्पादन गरी बजार लैजाने योजनामा छ । तर सरकार पर्याप्त बजेट नै दिँदैन ।

विश्वविद्यालयले मधुमेह नियन्त्रण गर्ने हिमाली क्षेत्रमा पाइने जडीबुटीमाथि अनुसन्धान गरिरहेको उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए ।

११ असार, विराटनगर । बुढीगंगा मोरङमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले मनमोहनको नाम दिएर भिक्स बाम र सञ्चो उत्पादन गरेको छ । यद्यपि, आधिकारिक रूपमै यसको नाम भने राखिएको छैन ।

सञ्चो, भिक्स र बाम जस्ता वस्तु उत्पादन गरेर बजार लैजाने योजना रहेको विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए । उनले भने, ‘यदि प्रदेश सरकारले अनुमति दिन्छ भने हामी तयार छौं, हाम्रो टिमले काम गरिरहेको छ ।’

विश्वविद्यालय तहमा मनमोहनको प्रयास फरक रहेको उनले बताए । नेपालका अरु विश्वविद्यालयले यसरी उत्पादन नगरेको उनले बताए । ‘मनमोहनले सानो प्रयास गरेको छ, यो  हाम्रो आफ्नै फर्मुला हो,’ उनले भने, ‘जडीबुटी उत्पादनको क्षेत्रमा मनमोहन विश्वविद्यालयले ठूलो काम गर्नसक्छ ।’

जडीबुटी उत्पादनमा विद्यार्थीलाई प्रयोग गरिने पोखरेलले बताए । ‘यहाँका विद्यार्थीलाई प्रयोग गरेर कमाउँदै पढ्दै कार्यक्रमअनुसार कमाउने वातावरण विश्वविद्यालयले बनाउँछ,’ उनले भने, ‘घण्टाको हिसाबले काम गराउने र त्यसको रकम फिमा घटाउने योजना छ, पकेटमा दिने होइन ।’

मधुमेहको औषधि तयार हुँदै, भाइरस पनि खोजिँदै

विश्वविद्यालयले तयार पारेको औषधि

उपकुलपति पोखरेलका अनुसार विश्वविद्यालयमा मधुमेह नियन्त्रण गर्ने हिमाली क्षेत्रमा पाइने जडीबुटीमाथि अनुसन्धान हुँदैछ । भारतबाट वैज्ञानिक ल्याएर अनुसन्धान गरिरहेको उनले बताए । जडीबुटीबाट तयार गरिने औषधि पहिले मुसामा प्रयोग हुनेछ । त्यसपछि थप अनुसन्धान गरी अध्ययनको रिपोर्ट बाहिर ल्याइनेछ ।

तीनजना विज्ञ टोली औषधि अनुसन्धानमा खटिएको उनको भनाइ छ । मधुमेह नियन्त्रणका लागि नेपालकै हिमालयन जडीबुटीमा आधारित औषधि विकास गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

विश्वविद्यालयले शरीरमा सकारात्मक प्रभाव पार्ने भाइरसको पनि अनुसन्धान गरिरहेको छ । एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्नसक्ने फाइदाजनक भाइरसको पनि अनुसन्धान चलिरहेको उनले बताए ।

भाइरसमा सफलता मिले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ । अनुसन्धानमा भारतीय वैज्ञानिकलाई पनि प्रयोग गरिरहेको उनले बताए । ‘एउटा, राम्रो भाइरसको खोजी र अर्को, मधुमेह रोगको औषधि नेपालको जडीबुटीबाट फाइनआउट गर्नका लागि अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानमा सफलता मिले स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय हुनेछ ।’

तर, तलब खुवाउनै समस्या

मनमोहन कोशी प्रदेश सरकार मातहत रहेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा औषधिमाथि अनुसन्धान गरिरहेको विश्वविद्यालयमा कर्मचारीलाई तलब खुवाउनै समस्या छ ।

उपकुलपति पोखरेलका अनुसार सरकारले बजेट नदिँदा यो अवस्था आएको हो । चालु आर्थिक वर्षमा तलब खुवाउन पनि बजेट अपुग भएपछि सरकारसँग थप मागिएको उनले जानकारी दिए ।

विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि अध्ययन, अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३७ करोड ८९ लाख बजेट माग गरेको थियो । तर सरकारले जम्मा १४ करोड मात्रै विनियोजन गरेको छ, जुन पर्याप्त छैन ।

‘विश्वविद्यालयलाई सधैं बजेट अभाव छ । बजेट माग्न जाँदा अपहेलित हुनुपर्छ,’ उनले भने, ‘सरकारले पर्याप्त बजेट नै दिँदैन ।’

सरकारले सहयोग गरे विश्वविद्यालयलाई दक्षिण एसियामा चिनाउने उनले दाबी गरे । ‘शिक्षा क्षेत्रलाई न्यूनतम ५ प्रतिशत बजेट चाहिन्थ्यो, तर १ प्रतिशत पनि भएन, यसले कसरी परिवर्तन ल्याउँछ,’ उनले भने, ‘काम गर्न सरकारबाट सोचेजस्तो सहयोग भएको छैन ।’

विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान र विज्ञान तथा कानुन गरी तीनवटा स्कुलअन्तर्गत विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बीबीए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशिष्ट कार्यक्रम सञ्चालन गरेको पोखरेलले बताए ।

सन् २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान सङ्ग्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्त्वाकाङ्क्षी लक्ष्य रहेको पोखरेलले सुनाए ।

प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ । उपकुलपति पोखरेलले पर्याप्त बजेट र स्पष्ट योजनाविना  अस्पतालको जिम्मेवारी लिए चुनौतीपूर्ण हुने बताए । सरकारले दीर्घकालीन योजनासहित पर्याप्त बजेट विनियोजन गरे अस्पताल चलाउन सक्ने उनको भनाइ छ ।

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

औषधि उत्पादनका लागि अनुसन्धान भइरहेको ल्याब देखाउँदै उपकुलपति सुभाषश्री पोखरेल ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । आज युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा कायम भएको छ । मंगलबार खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा रहेको थियो ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो ।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५८ रुपैयाँ ०८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?